News Portal

खोटाङ अपडेट : खोटाङ – १ मा गठबन्धनको अग्रता एमालेले पछ्याउदै

हिमालीसंचार संवाददाता
४३१ पटक

खोटाङ – प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्र नं. १ मतगणना भई रहेको छ। प्राप्त मतपरिणाम अनुसार खोटाङ-१ मा लोकतान्त्रिक वाम गठबन्धनले अग्रता लिएको छ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार ३१३९ मतगणना हुदा प्रतिनिधिसभा तर्फ लोकतान्त्रिक वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई (पासाङ) ले  एक हजार ४३१ मत प्राप्त गरेव अग्रता लिएका छन्। त्यस्तै उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार विशाल भट्टराईले एक हजार ३६० मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्। 

प्रदेशसभा-१ (क) तर्फ गठबन्धनकै अग्रता: 

खोटाङ – १ (क) तर्फ चार हजार ७०६ मतगणना हुदा लोकतान्त्रिक वाम गठबन्धनका एकीकृत समाजवादीका उम्मेदवार वीरवलकाजी राईले एक हजार ७४९ प्राप्त गरेर अग्रता लिइरहेका छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार पाँचकर्ण राई (पिके) ले एक हजार ४८७ मत प्राप्त गरेका छन् । 

खोटाङ-१ (ख) तर्फ दुई हजार ९२० मतगणना हुदा लोकतान्त्रिक वाम गठबन्धन नेपाली कांग्रसका भुपेन्द्र राईले एक हजार ५०१ मत प्राप्त गरेर अग्रता लिएका छन्। नेकपा एमालेका उम्मेदवार रामप्रसाद दंगालले एक हजार २६१ मत प्राप्त गरेको निर्वाचन कार्यालय खोटाङले जनाएको छ। 

खोटाङ – १ (क) केपिलासगढी गाउँपालिका, खोटाङ -१ (ख) अन्तरगत हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिकाको मतगणना सम्पन्न भएको हो। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...