News Portal

सुनसरी क्षेत्र नं. १ को मतपरिणामः राष्ट्रिय प्रजातन्त्र पार्टीको अग्रता कायमै (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५७८ पटक

धरान – प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ सुनसरीको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको अहिलेसम्मको तीन हजार ६२७ मतगणनाको मतपरिणाम निर्वाचन कार्यालयले सार्वजनिक गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले निरन्तर अग्रता कामै राखेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अशोक राई (अविरल) ले ६२४ मत प्राप्त गरी अग्रता कायम राखेका हुन्। त्यस्तै एमाले पार्टीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दर्ता गरेका मनोजकुमार मेन्याङ्बोले चुनाव चिन्ह्र खरायोमा ६०४ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्। 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृ शरिन ख्वाङ तामाङ (गोमा) ले गोलाकार भित्रको घण्टी चुनाव चिन्हमा ५११ मत प्राप्त गरेकी छिन् भने लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले गोलाकार भित्रको हसिया हतौडा चुनाव चिन्हमा ३३७ मत सहित चौथो स्थानमा रहेका छन् भने एमाले पार्टी संग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले ढल्केको छाता चुनाव चिन्ह्रमा २१८ मत प्राप्त गरी पाचौ स्थानमा रहेका छन्। 

प्रदेशसभा-१ (क) तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकै अग्रताः

प्रदेशसभा १ (क) तर्फ अहिलेसम्म दुई हजार ३२७ मत गणना हुदासम्मको मत परिणाम गणना हुदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मदवार उद्धव श्रेष्ठ (मकै) ले एक हजार १६७ मत सहित अग्रता कायम राखेका छन्। 

त्यस्तै, नेपाली कांग्रसका उमेश थापाले ६४१ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्। नेकपा एमालेका उम्मेदवार रमेशकुमार बस्नेतले २९८ मत प्राप्त गरी तेस्रो र स्वतन्त्र नागरिक समुह (हर्कसाम्पाङ समुहका) उम्मेदवार समीर तामाङले चुनाव चिन्ह्र लालटीनमा ९० मत प्राप्त गरी चौंथो स्थानमा रहेका छन्। 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...