News Portal

मौन अवधि शुरु: मौन अवधिमा के गर्न पाइन्छ र के गर्न पाइँदैन?

हिमालीसंचार संवाददाता
३६६ पटक

आजबाट मौन अवधि शुरु भएको छ। मतदान हुनु अधिको अन्तिम ४८ घण्टाको समयमा मतदाताहरुलाई प्रलोभनमा पार्ने गरी भोज भतेर, पैसा बाड्ने विगतका निर्वाचनका यो अबधिमा देखिएको हुदा त्यस्ता कार्यलाई रोक्न निर्वाचन आयोग र राजनैतिक दल दुवैले महत्वपूर्ण भूमिका खेल्न चुनावी आचारसंहिताले त्यस्ता गतिविधिमाथि बन्देज लगाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार निर्वाचन कसुर तथा सजाय ऐन आकर्षित हुने कुनै पनि अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिलाई कारबाही गर्न विशेष निर्देशन दिइएको बताएका छन्। उनले मतदानको ४८ घण्टा अघिबाट निषेधित गरिएका गतिविधिलाई नियन्त्रण गर्न कानुनले तोके विपरीतका कार्य गर्नेहरूलाई २५ हजार रुपियाँ जरिवाना गर्न निर्देशन दिईसकेको बताए।

मौन अवधिलाई किन संवेदनशील समय मानिन्छ?  

निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिको समयमा सबै खालका चुनावी प्रचार प्रसारलाई निषेधित गरिएको हुनाले यसलाई मौन अवधि भन्ने गरिएको छ। मतदाताहरूलाई सोचेर आफ्नो मत जाहेर गर्ने अवसर दिनका लागि त्यस्तो अवधि दिइएको हो।

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को धारा २४(५)ले कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिबाट मतगणनाको काम पूरा नभएसम्म कुनै दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसार गर्ने वा गराउनेलाई २५ हजार रुपियाँ जरिवाना वा उम्मेदवारी नै खारेज हुने व्यवस्था रहेको समेत जानकारी दिए। 

मौन अवधिमा के के गर्न पाइँदैन? 

निर्वाचन आयोगले गए राति बाह्र बजेबाट निम्न गतिविधि प्रतिबन्धित भएको उल्लेख गरेको छ। निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन,  कार्यशाला गोष्ठी गर्न नपाइने र मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने कार्यविधि रहेको छ। 

सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोस्ट वा शेयर गर्न, गराउन नहुने, प्रचार प्रसार वा मत माग्न साउन्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल वा अन्य कुनै साधनको प्रयोग गर्न नहुने, मतदान सुरु हुनु तीन घण्टा अघिदेखि मतदान कार्य नसकिएसम्म कसैले पनि मतदाता वा कर्मचारीलाई बाधा पुर्‍याउने काम गर्न नहुने भनिएको छ। 

त्यस्तै, बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, कुनै पनि प्रकारको जुलुस, प्रदर्शन, समारोह वा सभा गर्न र होहल्ला वा हुल हुज्जत गर्न , मतदान केन्द्र आसपासको भवन र निजी क्षेत्रमा शान्ति भंग गर्ने वा भय त्रासको वातावरण बनाउने वा चुनाव बिथोल्ने कुनै पनि गतिविधि गर्न, दल, उम्मेदवार र भातृ सङ्गठनहरूले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन र प्रचार प्रसारका सामग्री हटाउन प्रमुख निर्वाचन आयुक्तले निर्देशन दिईसकेको बताएको छ। 

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...