News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सुनसरी क्षेत्र नं. १ मा जसपा नेपालको निरन्तर अग्रता, मतान्तर बढाउदै अशोक राई (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ५१० पटक

    धरान – सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ मा जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले १५,५८२ मत प्राप्त गरी निरन्तर अग्रता कामय गरेका छन्। निर्वाचन आयोगले पछिल्लो समय सार्वजनिक गरेको कुल ७२,३४२ मतपरिणाम अनुसार राईले १५,५८२ मत प्राप्त गरी अग्रता लिएका हुन्।

    त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (शरिन)ले १४,९५७ मत प्राप्त गरी जसपा नेपालका राईलाई पछ्याई रहेकी छिन्। राईले ६२५ मत सहित अग्रता कायम गरिरहेका छन्। 

    लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङग् सुब्बाले – ११,८१२ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्। स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले खरायो चुनाव चिन्ह्रमा – ७,२८६ मत, राप्रपाका अशोककुमार राई (अविरल)ले – ७,२५६ मत र स्वतन्त्र उम्मेदवार तर्कबहादुर मगरको चुनाव चिन्ह्र पानीको जारमा – ३,७७३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले जानकारी दिए। 

    प्रतिकृया दिनुहोस्

    नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

    काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा...

    फर्मासिस्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

    काठमाडौँ। आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था...

    घुम्ती शिविरबाट ४ सय नेपालीले लिए राहदानी

    क्यानडामा सञ्चालित घुम्ती शिविरबाट क्यानडाका ४ सय नेपालीले लिए राहदानी क्यानडा। क्यानडाको राजधानी ओटावास्थित नेपाली...

    द्वन्द्वपीडित भन्छन्- ‘घर गुजारा चलाउन पनि कठिनाइ भयो’

    नेपालगञ्ज। सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा...

    मन्त्री पाण्डेसँग सांसद बजगाईंले मागे माफी

    काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन्। सांसद बजगाईँले मन्त्री...