News Portal

चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड धरान आउने

हिमालीसंचार संवाददाता
२९४ पटक

धरान – आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको  निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धन सुनसरी क्षेत्र नं. १ धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड भोली धरान आउने भएका छन्।

त्यस्तै, चुनावी सभालाई सम्बोधन गर्न कांग्रेसका केन्द्रीय प्रवक्ता प्रकाश शरण महत, नेकपा (एकीकृत समाजवादी) पोलिटव्युरो सदस्य सहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीका केन्द्रीय एवं प्रदेश तहका नेताहरूको समेत चुनावी सभामा सहभागिता रहने बताइएको छ।  केन्द्रिय तहका नेताहरूको व्यस्तताका कारण तोकिएको समयमा चुनावी सभा सम्पन्न हुने भएको छ। आयोजकका अनुसार दिनको ठीक ११ बजे निर्धारित समयमा कार्यक्रम हुने भएको हो। 

सुनसरी क्षेत्र नं. १ का लागि नेपाली कांग्रेस, नेकपा (माओवादी) र एकीकृत समाजबादी पार्टीले गठबन्धन गरेका छन्।  प्रदेश सभा -१ (क)  तर्फ नेपाली काग्रेसका उमेश थापा, प्रदेश सभा (ख) तर्फ नेकपा (एकीकृत समाजवादी) का रेवती रमण राई र प्रतिनिधिसभा सदस्य तर्फ नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य मुक्साम हाङ मेन्याङबो (मुकेश) चुनावी मैदानमा रहेका छन्। 

गठबन्धनका उम्मेदवारहरुले आफ्ना धोषणा-पत्र सहित घर दैलो कार्यक्रमलाई तिब्रता दिइरहेका छन्। प्रदेश नं. १ को नामकरण, खानेपानी, सिटी अस्पताल निर्माण, सडक संजाल, सास्कृतिक विकास र मजदुरका समस्या समाधान जस्ता महत्वपूर्ण योजनाहरुलाई मुख्य प्राथामिकतामा राखेर आफ्नो प्रतिबद्धता जाहेर गरिरहेका छन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...