News Portal

झापा क्षेत्र नं. १ का दुई हेवीवेट प्रतिस्पर्धीको रोचक प्रतिस्पर्धा हुदै, कसले मार्ला बाजी!

हिमालीसंचार संवाददाता
४०० पटक

अविन माबो/झापा – पुर्वाञ्चलको झापा क्षेत्र नं १ ले समग्र पुर्वाञ्चलको ध्यान झापा तर्फ मोडेको छ। आसन्न मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दुई ठुला दल काग्रेस र एमालेका उम्मेदवार बीचको प्रतिस्पर्धा रोचकका हुने भएको छ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीको लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले–राप्रपाले तालमेल गरेका अग्नि खरेल चुनावी मैदानमा व्यटल लड्दै छन्। उनीहरुले मतपरिणाम आफ्नो पक्षमा पार्न घर दैलो कार्यक्रम तिब्रता दिइरहेका छन्। यस क्षेत्रमा १५ जना चुनामी मैदानमा रहेका छन् भने एक जना स्वतन्त्र उम्मेदवारले चुनाव लड्दै छन्। 

दोस्रो संविधानसभा निर्वाचन विस २०७० मा एमालेका रविन कोइराला र विस २०७४ को संसदीय चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजय भोगेका शर्मा तेस्रोपटक चुनावी मैदानमा छन् भने एमाले स्थायी कमिटी सदस्य खरेल आफ्नो गृहक्षेत्र झापा–२ भए पनि क्षेत्र नं. १ मा इन्ट्री गरेका छन् । संसद् भवन छिर्ने प्रयासलाई मूर्तरुप दिन जनताको ‘म्याण्डेड’का लागि शर्मा र खरेल दुवैले कडा मेहनत गरिरहेका छन् । 

महामन्त्री शर्माले सुकुम्बासी समस्या समाधान, पुल निर्माण, नदी कटान नियन्त्रण, पर्यटकीय केन्द्रका स्तरीकरण, झापा–१ जोड्ने रिङरोड निर्माणलगायतका स्थानीय विकास र चासोको विषयलाई समेट्ने मतदातासमक्ष प्रतिबद्धता जनाउँदै घरदैलो कार्यक्रम तिब्रता दिएका छन् ।

त्यस्तै, एमाले–राप्रपा तालमेल गरेका उम्मेदवार खरेलले आफू जहिले विकास र निर्माणको संसदीय प्रक्रियामा आफू गाँसिएको बताउदै मेची, निन्दा, हडियाखोलमा बर्सेनि आउने बाढीले त्यहाँका स्थानीय समस्यामा पर्ने भएकाले तटबन्धन निर्माण हात्ती समस्या नियन्त्रणका लागि प्रभावकारी काम गर्ने बताउदै “यहाँका समग्र समस्या समाधानका लागि हामी प्रतिबद्ध छौँ”, उनले भने, “हामीलाई मतदान गरे विजय गराउन मतदातासमक्ष अनुरोध गर्दछौँ ।”

शर्मा र खरेल दुवैले स्थानीय अवस्था, आवश्यकता र केन्द्रीय घोषणापत्रलाई आधार बनाएर प्रतिबद्धता जनाइरहेका छन् । दुवै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहे पनि परिणाम आफ्नो पक्षमा पार्न सहज छैन । 

विसं २०५७ मा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै २०७२ मा केन्द्रीय सदस्यमा निर्वाचित भएको शर्मा २०७४ मा पार्टीका प्रवक्ता भएका शर्मा विसं २०७६ मा कांग्रेसको तर्फबाट सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख भएका उनी हाल महामन्त्री छन् ।

त्यस्तै, विसं २०६४ र २०७० को संविधानसभा सदस्य रहेका वरिष्ठ अधिवक्ता खरेल पूर्वकानुनमन्त्री हुन् भने हाल उनी एमालेका स्थायी समिति सदस्य र झापाका इञ्चार्ज हुन् । उनी कानुनको ज्ञातासमेत हुन् ।

स्थानीय चुनावमा वडाध्यक्षले प्राप्त गरेको मत एमालेसंग ३१ हजार २ सय ३२ मत छ भने कांग्रेसस.ग २४ हजार ५९ मत छ । राप्रपासंग ५ हजा ९ सय २२ मत रहेको क्षेत्रमा माओवादीसंग ३ हजार ९ सय ५, एकीकृत समाजवादीसंग १ हजार २ सय ५२ र लोकतान्त्रिक समाजवादी पार्टीसँग २ सय ६२ मत छ ।

यस क्षेत्रमा करिब १३ हजार नया मतदाता थपिएका छन्। नया थपिएको मतदाता र चुनावको मुखमा दल अदलबदलको क्रमले चुनावी प्रतिस्पर्धा थप रोचक र पेचिलो बनेको छ। 

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...