News Portal

खोटाङमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सम्बन्धि प्रशिक्षण दियो

हिमालीसंचार संवाददाता
२९१ पटक

खोटाङ – आगामी मंसिर ४ गते तोकिएको निर्वाचन सम्पन्न गराउनका लागि जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न गर्न निर्वाचन कार्यालय खोटाङले मतदान गराउने जिम्मेवारी पाएका १९६ जना मतदान अधिकृत र १९६ जना सहायक मतदान अधिकृतलाई निर्वाचन सम्वन्धी प्रशिक्षण दिएको हो ।

निर्वाचन सामग्री सहित मतदान केन्द्र पुग्ने, मतदान सम्पन्न गराउने, खसेको मतपत्र सुरक्षित मूख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउने लगायतका दायित्वका विषयमा जानकारी दिन निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएको जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र कुमार राईले हिमालीसंचारडटकमसंग बताए ।

जिल्लाको उत्तरीभेग तर्फका केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका विभिन्न मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सहभागी गराएर प्रशिक्षण दिइएको हो ।

त्यस्तै, हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, रावाबेँसी गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सहभागी गराएर एक दिन प्रशिक्षण दिएको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । 

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई काम, कर्तव्य, अधिकार र जिम्मेवारीका विषयमा जानकारी दिइएको छ । उक्त प्रशिक्षणमा सहभागी मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायतका कर्मचारीहरुले निर्वाचन सामग्री सहित मंसिर १ गतेसम्म मतदानस्थल पुगिसक्ने निर्वाचन कार्यालय खोटाङले जनाएको छ। 

खोटाङ जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिकामा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कैंदीहरुले मताधिकार प्रयोग गर्न पाउने समेत निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै, कर्मचारी र सुरक्षाकर्मीका लागि जिल्ला समन्वय समिति र कैंदीका लागि जिल्ला कारागार खोटाङमा अस्थायी मतदान केन्द्र खडा गरिने छ । कर्मचारी, सुरक्षाकर्मी र कैंदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र भोट हाल्न पाउने प्रावधान रहेको छ। खोटाङमा १ लाख ४२ हजार ७९२ मतदाता रहेका छन्। 

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...