News Portal

किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिको अध्यक्षमा जीवन हाताचो चयन (फोटो फिचर)

हिमालीसंचार संवाददाता
७२९ पटक

काठमाडौं – “किरात सभ्यता, इतिहास, भूगोल र संरक्षण हाम्रो संकल्प, १ नं. प्रदेश किरात प्रदेश नामकरण नै प्रदेशबासीको अन्तिम विकल्प।” भन्ने मुल नाराका साथ उद्धाटन गरिएको ११औं राष्ट्रिय महाधिवेशनले किरात राई यायोक्खा केन्द्रिय कार्य समितिको अध्यक्षमा जीवन हाताचो राई सर्वसम्मत चयन गरिएको छ।

किरात राई यायोक्खाको एघारौं महाधिवेशन उद्धाटन समारोह गत असोज ८ गत्ते काठमाडौंको प्रर्दशनी मार्ग स्थित राष्ट्रिय सभाहलमा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आथित्यमा उद्धाटन गरिएको थियो। 

यायोक्खाले बन्द सत्रका लागि भक्तपुरको कृषी तालिम केन्द्र स्थित बोडेमा दुई दिनभित्र सम्पन्न गर्ने भनिएको कार्यक्रम तीन दिनसम्म कार्यक्रम आयोजना गरी यायोक्खाले जीवन हाताचो राईको अध्यक्षमा केन्द्रिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। 

यायोक्खाको एघारौं राष्ट्रिय महाधिवेशनले १ जना अध्यक्ष, २ जना सह-अध्यक्ष, ७ जना उपाध्यक्ष, १ जना महासचिव, ५ जना उपमहासचिव, ७ जना सचिव, १ जना कोषाध्यक्ष ३ जना सह-कोषाध्यक्ष र अठाह्र जना केन्द्रिय सदस्य गरी ३५ जनाको मुल कार्य समिति सर्वसम्मत चयन गरिएको हो। 

यायोक्खाको एघारौं महाधिवेशनका लागि देशभरका २५ जिल्लाहरु, ८ वटा भातृ संस्थाहरु, १९ वटा थरगत भाषिक संस्थाहरु, १९ वटा नै विदेश शाखा संगठनहरु र ७ वटा सम्बन्धन संस्थाहरुबाट ५ सय भन्दा धेरै प्रतिनिधिहरु-परिवेक्षकहरुको सहभागिता रहेको केन्द्रिय महासचिव जनक राईले हिमालीसंचारडटकमसंग जानकारी दिए। 

फोटो फिचर:

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...