News Portal

विदेशिएका मनोजका परिवार समाजसेवामा सक्रिय

हिमालीसंचार संवाददाता
३९६ पटक

अनिल पाण्डे,
काठमाडौं। विभिन्न कारणले मातृभूमि छोड्न पुगेको नेपाली समुदाय नेपाल र नेपालीकै सेवामा समर्पित रहेका दृष्टान्तहरू यत्रतत्र देखिन्छन्। त्यही दृष्टान्तका एक पात्र हुनुहुन्छ मनोज श्रेष्ठ।

‘उच्च अवसरको खोजी मानवीय चरित्र हो, म सन् २००१ मा यही चरित्र बोकेर अमेरिका आएँ, अहिले सपरिवार क्यालिफोर्नियाको सान्तारोजामा व्यवसाय चलाएर बसेको छु, तर कमाइको केही अंश नेपाली समाजको उत्थानमा समर्पित गर्दैआएको छु’ संखुवासभाका श्रेष्ठ भन्नुहुन्छ– सदरमुकाम खाँदवारिको तेज रत्न आँखा अस्पताल हाम्रै परिवारको लगानीमा सञ्चालित छ।

नाम आँखा अस्पताल रहे पनि त्यहाँ नाक, कान, घाँटीको सेवा समेत उपलब्ध हुन्छ। एक अहेबसहित ४ स्टाफको सेवा निरन्तर र निःशुल्क रूपमा दिने गरिएको छ। यसका लागि श्रेष्ठ परिवारले १० रोपनी जग्गा उपलब्ध गराएको छ।

‘अस्पताल सञ्चालनका लागि नियमितजस्तै सहयोग दिइरहेको छु, सन् २०१४ देखि आजसम्म अस्पताल सञ्चालनका लागि ५० लाख रुपियाँ जति नगद प्रदान गरेंहोला’ श्रेष्ठ एक प्रश्नको जबाफमा भन्नुहुन्छ।

यस्ता सामाजिक सेवामा मनोज श्रेष्ठको कमाइ मात्र लगानी भएको छैन, उहाँकी श्रीमती लीलाकुमारी श्रेष्ठ, दुई छोरा र बुहारीहरुको पनि आम्दानी लागेको छ। ‘जेठो छोरो मेडिकल डाक्टर छन्, अरूको पनि जागिर छ, म सान्तारोजामा तीन वटा लिकर ग्रोसरी स्टोर चलाउँछु, यो सबैको आम्दानीबाट धेरथोर समाजसेवा गर्न पाएका छौँ, हामीलाई समाजसेवाले मानवीय भावना प्रदर्शन गर्न पाएको गौरवानुभूति भएको छ’ श्रेष्ठ भन्नुहुन्छ– कसैले नेपाली समाजको संस्कार र मानव विकासको भावना परिमापन ग-यो भने हामीलाई कमजोर नठानोस्, मलाई यस क्षेत्रमा अभिप्रेरित गर्ने तत्त्व यही हो।

श्रेष्ठका अनुसार उहाँलाई समाजसेवामा अभिप्रेरित गर्ने समाजसेवीको नाम हो– नारायण श्रेष्ठ। नारायण काठमाडौँको चाबहिलस्थित हेल्पिङह्याण्डका सञ्चालक हुनुहुन्छ, अमेरिकाको कोलोराडोमा बसेर समाजसेवा गर्नुहुन्छ।

त्यसो त मनोज श्रेष्ठको समाजसेवा अमेरिका जानुअघिदेखि नै सुरु भएको हो। उहाँ उद्योग वाणिज्य संघ, खाँदवारि र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामा सक्रिय हुनुहुन्थ्यो।

अमेरिकामा पुगेपछि सन् २००५ मा खुलेको समाजसेवी संस्था मदरल्याण्ड नेपालका हरेक गतिविधिमा उदारताका साथ आर्थिक, भौतिक तथा भावनात्मक सहयोग पु-याउनुभयो। क्यालिफोर्निया सान्तारोजा काष्ठमण्डप लायन्स क्लब सचिव र हिमानी ट्रस्ट क्यालिफोर्निया च्याप्टरका कोषाध्यक्ष रहेका श्रेष्ठ समाजसेवामा अझ बढी सक्रिय रहने योजनामा हुनुहुन्छ।

‘समाजसेवाका लागि पारिवारिक सहयोग र समर्थन अनिवार्य छ, म भाग्यमानी छु, श्रीमती र छोरा–बुहारीको साथ पाएको छु, खाँदवारिको तेजरन्त आँखा अस्पताललाई अझ सुविधा सम्पन्न बनाउने योजनामा छु’ श्रेष्ठका अनुसार अस्पतालले वर्षको २ पटक नेत्र ज्योति संघसँग साझेदारी गरेर आँखा उपचारका लागि विज्ञ टोली खाँदवारि पु-याउँछ, ४ दिन शिविर चलाउँछ, मोतीबिन्दुको अपरेसन पनि गराउँछ, टोलीको खाने–बस्ने प्रबन्ध मिलाउँछ, सेवाका लागि आउने जोसुकैलाई निःशुल्क उपचार गराउँछ।

‘यो सब सेवा मैले मात्र गरेको होइन है, मेरो परिवार र खाँदवारिमा रहेका मेरा दाजुभाइ–दिदीबहिनी सबैको हो’ अन्त्यमा मनोजले सबैको मन राख्नुभयो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...