News Portal

जापानमा प्राकृतिक विपत्तिको घोषणा

एक हप्तामा ६५ जनाको मृत्यु

संचारकेन्द्र संवाददाता
५४१ पटक

-अत्याधिक गर्मीको कारण एक साताको बीचमा कम्तीमा ६५ जनाको मृत्यु भएपछि जापानको मौसम एजेन्सीले देशभरी चलेको तातो हावाको आँधीलाई प्राकृतिक विपत्ति घोषणा गरेको छ ।

एजेन्सीका प्रवक्ताले कुनै भूभागमा गर्मीको स्तर धेरै देखिएकाले सर्वसाधारणलाई सजग सचेतसमेत गराएका छन् ।

हिट स्ट्रोकको कारण कारण २२ हजार भन्दा धेरै अस्पताल भर्ना भएको र तीमध्ये आधा भन्दा धेरै वृद्धवृद्धा रहेको सरकारको आकस्मिक सहायता अधिकारीहरुले बताएका छन् ।

जापानको मौसम पूर्वानुमानकर्ताहरुका अनुसार तातो हावाको आँधी कम हुने संकेत देखिएको छैन ।

सोमबार कुमागया शहरको तापक्रम ४१.१ डिग्री सेल्सियस मापन गरिएको थियो जुन जापानमा अहिलेसम्मकै उच्च तापक्रम हो् ।

टोकियो शहरमा पहिलोपटक पनि ४० डिग्री भन्दा धेरै मापन गरिएको छ । जापानको मौसम पुर्वानुमान एजेन्सीले अगस्टको पहिलो सातासम्म गर्मी कम नहुने र तापक्रम ३५ डिग्री भन्दा धेरै हुने भएकाले सर्वसाधारणलाई सजग रहन आग्रह गरिएको छ ।

‘हामीले केही भूभागमा अत्याधिक स्तरको गर्मी भएको पाएका छौं’ एजेन्सीका प्रवक्ता मातोआकी ताकेकावाले भने, ‘तातोहावाको आँधी मानव जीवनको लागि चुनौती भएकाले त्यसलाई हामीले प्राकृतिक विपत्ति मानेका छौं
जापानको आधाभन्दा कम विद्यालय मात्रै वातानुकुलित सुविधायुक्त भएकाले अत्याधिक गर्मीबाट बच्चाहरुलाई बचाउन गर्मी बिदा लम्ब्याइने सरकारी प्रवक्ता योसिहिदे सुगाले बताए ।

प्रतिकृया दिनुहोस्

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...