News Portal

विहारका मुख्यमन्त्री नीतिशकुमारमाथि चप्पल प्रहार

हिमाली संचार संवाददाता
१०४५ पटक

एजेन्सी– आरक्षणको विरोध गरिरहेका एक मानिसले विहारका मुख्यमन्त्री नीतिश कुमारमाथि विहिबार चप्पल प्रहार गरेका छन् । तर नितिशलाई निशाना गरेर हानिएको चप्पल नीतिशभन्दा केही मिटर टाढा खस्यो ।  चप्पलले नितिशलाई नलागेको भएपनि उनको कार्यकर्ताहरुले भने उक्त व्यक्तिलाई नराम्ररी पिटेका छन् ।

चन्दन भनेर पहिचान गरिएको आरोपीलाई अन्त्यमा प्रहरीले लिएर गएको छ । घटना नितिशको पार्टीले बापु सभागर सभाहलमा आयोजना गरेको ‘छात्र समागम’ कार्यक्रमको क्रममा घटेको थियो । कार्यक्रम लोकनायक जयप्रकाश नारायनको जन्मोत्सवमा गरिएको थियो ।

आरोपीलाई प्रहरीले पक्रेर लिएर गइरहँदा उनले मिडियातर्फ सम्बोधन गर्दै भने, ‘आज यहाँ मैले विभेदकारी आरक्षण नीतिविरुद्ध आफ्नो विरोध दर्ता गरेको छु । अहिलेको आरक्षणमा एससी, एसटी र ओबीसी जातिभित्रका सम्पन्नहरुले मात्र सुविधा लिइहेका छन् । यसले विपन्न दलितहरुलाई कुनै सहयोग गरेको छैन ।’

चन्दन विहारको औंरगावाद क्षेत्रका निबासी हुन् । नीतिशमाथि यस्तै घटना एक दशकअघि पनि भएको थियो । उक्त समय नीतिशलाई दुईजना मानिसहरुले ढुंगा प्रहार गरेको थियो ।

नालान्दाको पिल्खी गाउँमा स्थापना हुन लागेको विश्वविद्यालयको निर्माणस्थल अवलोकन गर्न गएको बेला त्यसको लागि जमिन खोसिएको भन्दै किसानहरुले विरोध जनाएका थिए । त्यसबेला १६ जना किसानविरुद्ध प्रहरी कार्यालयमा नाम लेखाइएको थियो भने दुई जनालाई पक्राउ गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...