News Portal

केपिलासगढीको फेदीमा बित्तीय साक्षरता कक्षा सञ्चालन

हिमालीसंचार संवाददाता
४९१ पटक

खोटाङ – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं. १ फेदीमा आप्रबासी परिवारलाई सहभागी गराएर २४ हप्ते बित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ।

नेपाल सरकार र स्विस सरकार बीचको दुई पक्षीय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गाउँपालिकाको नेतृत्वमा डिप्रोक्स नेपाल र मानसिक स्वास्थ परामर्श केन्द्र “सिएमसी नेपाल”को प्राबिधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत वित्तीय साक्षरता कक्षा सञ्चालन सम्पन्न गरिएको हो।

बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उदेश्यले वैदेशिक रोजगारीमा रहेका, वैदेशिक रोजगारीबाट फर्केका र बैदेशिक रोजगारमा जान लागेका व्यक्तिका परिवारका सदस्यलाई सहभागी गराएर बित्तीय साक्षरता कक्षा, मनोसामजिक परामर्श कक्षा सञ्चालन गरिएको केपिलासगढी गाउँपालिकाको सामीको परियोजना संयोजक एंव् मनोसामाजिक परामर्शकर्ता सिर्जना निरौलाले बताईन्।

सामीले बैदेशिक रोजगारमा संलग्न केपिलासगढी गाउँपालिका–१ फेदीका चार समुहमा आवद्ध एक सय जना र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका चार समुहमा आवद्ध एक सय जनाको सहभागितामा बित्तीय साक्षरता कक्षा तथा मनोसामजिक परामर्श कक्षा सञ्चालन गरिएको हो।

गाउँपालिकाका सबै वडाहरुमा परियोजनाले काम गरिरहेको भए पनि हालसम्म दुई वडामा मात्र वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिएको हो।

‘वैदेशिक रोजगारीबाट आएको पैसालाई सही ठाउँमा सदुपयोग गर्ने, पैसाले पैसा कमाउन सिकाउने, आम्दानी र खर्चको लेखाजोखा राख्ने, अनावश्यक खर्च कम गर्ने, बचत गर्ने बानीको विकास गर्ने, व्यवस्थित परिवार निर्माण गरि भविश्यमा खुसी र सुखी रहन प्रोत्साहित गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको निरौलाले बताइन्, ‘यस्तै वैदेसिक रोजगारीका कारणले निम्तिएका घरेलु हिंसा न्युनिकरण गर्ने, बालबालिकाको भविष्य बारे सचेत गराउने, महिलामाथि हुने लाञ्छना र भेदभाव अन्त्या गर्ने, परिवार व्यवस्थापन लगायतका सेसन समेटिएको कक्षा सञ्चालन गरिएको हो।’

उक्त तालिम प्रश्चात ‘देखिँदै तालिमको प्रभाव बित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको २४ हप्ता पुरा गरेका अधिकांश सहभागीको दिनचर्यमा परिवर्तन देखिन थालेका छन्। पहिला अरुको घरमा सागसव्जी मागेर वा किनेर खाने स्थानीय तालिममा सहभागी भएपछि आफै तरकारी खेती गर्न थालेका छन्।’

स्थानीय कतिपयले आफुले उत्पादन गरेका तरकारी बिक्री गरेर आम्दानी लिन थालेका छन्। गाउँघरमा बिदेशबाट हात परेको पैसालाई बैंक तथा वित्तीय संस्थामा बचत गर्ने बानीको निकास भएको छ। श्रीमानले विदेशमा दुःख गरेर पठाएको पैसालाई घर सम्हालेर बसेकी श्रीमतीले सानातिना व्यवसायमा लगानी गर्न थालेका छन्। ‘कतिपयले बाख्रा र बंगुर पालन गर्न थालेका छन्।

दैनिक खर्च र आम्दानीको हिसाव राख्न थालेका छन्,’ निरौलाले भनिन्, ‘खर्चलाई कम गरी आम्दानी बढाउन थालेका छन्। आफै आत्मनिर्भर बन्ने साहस गर्न थालेका छन्।’ २२ जनालाई प्लाष्टिक टनेल तालिममा सहभागीमध्ये रेमीट्यान्सलाई सदुपयोग गर्दै आम्दानीमुलक काम गरिरहेका २२ जनालाई गाउँपालिका उपाध्यक्ष गुरुराज राईले प्लाष्टिक टनेल वितरण गरिएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...