News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • स्थानीय तहको पुरै परिणाम सार्वजनिक नहुदै सत्ता गठबन्धनमा सकस

    हिमालीसंचार संवाददाता
    २४९ पटक

    काठमाडौं – स्थानीय तह निर्वाचनको पुरै परिणाम नआउँदै सत्ता गठबन्धन धरमराएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाका नेताहरू चुनावी परिणामलाई लिएर आरोप प्रत्यारोपमा उत्रिन थालेका छन्। अहिलेसम्म घोषित परिणामअनुसार अग्रस्थानमा रहेको काँग्रेसले चुनावमा अन्य सहयात्री दललाई पर्याप्त सहयोग नगरेको गुनासोसँगै आरोप प्रत्यारोप सुरु भएको हो।

    काँग्रेसका नेताले सहयात्री दलसँग पर्याप्त जनमत नभएको र नेता-कार्यकर्तासमेत नभएको तथा कतिपय काँग्रेसका कार्यकर्ताले काँग्रेसबाहेक कम्युनिष्ट पार्टीका उम्मेदवारलाई मतदान गर्न अप्ठेरो परेका कारण उनीहरूले अपेक्षित नतिजा हासिल गर्न नसकेको बताएका छन् । नेकपा माओवादी र नेकपा एसले स्थानीय चुनावमा काङ्ग्रेसबाट पर्याप्त सहयोग नभएको गुनासो गरिरहेका बेला काँग्रेसका नेताहरूबाटै यस्तो धारणा आएको हो। 

    स्थानीय तहको निर्वाचनको पुरै परिणाम सार्वजनिक नहुँदै जनता समाजवादी पार्टी (जसपा) का नेताहरूले गठबन्धनमा रहेका अन्य दलबाट आफूलाई धोका भएको निष्कर्ष निकालिसकेका छन्। आजको नागरिक दैनिकमा समाचार छ । 

    प्रतिकृया दिनुहोस्

    संसदमा बोलेनन्, पत्रकार सम्मेलनमा बोले गृहमन्त्री लेखक : “म दोषी होइन”

    काठमाडौं, जेठ १४ – भिजिट भिसा सम्बन्धी पछिल्ला दिनमा उठेका विवादहरूमाथि गृहमन्त्री रमेश लेखकले खुलस्त...

    राजावादी आन्दोलन चक्रपथ बाहिरै सीमित गर्न प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौं, जेठ १४ – राजधानी काठमाडौंमा जेठ १५ गतेदेखि सुरु हुने भनिएको राजावादी आन्दोलनलाई लिएर...

    राजावादी धारका नेताहरूको सुरक्षामा फेरबदल, राप्रपाका शीर्ष नेताहरूका पीएसओ फिर्ता

    काठमाडौँ, जेठ १४ – देशको पछिल्लो राजनीतिक परिस्थितिसँगै सुरक्षा व्यवस्थामा चासो बढिरहेका बेला प्रहरी प्रधान...

    गृहमन्त्रीको राजीनामा माग यथावत्, बजेट अवरोध नगर्ने विपक्षी दलहरूको निर्णय

    काठमाडौं, जेठ १४ – संघीय संसद भवन, नयाँ बानेश्वरमा बुधबार बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्री...

    पूर्वपत्नीसहित दुई सन्तानको निर्मम हत्या : आममाफी पाएर छुटेका सुजन कोइराला फेरि प्रहरीको फन्दामा

    बुटवल, जेठ १४ – रुपन्देहीको बुटवलमा एक नराम्रो र हृदयविदारक घटना सार्वजनिक भएको छ, जसले...