News Portal

संसदमा बोलेनन्, पत्रकार सम्मेलनमा बोले गृहमन्त्री लेखक : “म दोषी होइन”

हिमालीसंचार संवाददाता
१६७ पटक

काठमाडौं, जेठ १४ – भिजिट भिसा सम्बन्धी पछिल्ला दिनमा उठेका विवादहरूमाथि गृहमन्त्री रमेश लेखकले खुलस्त धारणा सार्वजनिक गर्दै आफू कुनै पनि रूपमा उक्त प्रकरणसँग संलग्न नभएको दाबी गर्नुभएको छ। बुधबार संघीय संसद भवनको ल्होत्से हलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लेखकले सामाजिक सञ्जालमार्फत फैलाइएका आरोपहरूलाई पूर्ण रूपमा खारेज गर्दै आफ्नो स्पष्टीकरण दिएका हुन्।

“केही दिनदेखि सामाजिक सञ्जालहरूमा मेरो नाम जोडेर भ्रामक प्रचार गरिएको देखिन्छ। तर म यो अवसरमार्फत प्रष्ट पार्न चाहन्छु—भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन,” मन्त्री लेखकले पत्रकारहरूसँग भन्नुभयो, “अनावश्यक रूपमा मेरो छविमा आघात पुर्‍याउने प्रयास भइरहेको छ, जुन पूर्णतः असत्य र दुर्भावनापूर्ण हो।”

उहाँका अनुसार यस विषयमा आफूले संसदभित्रै आफ्नो धारणा राख्ने प्रयास गरेका थिए। तर विपक्षी दलहरूको लगातार अवरोधका कारण त्यसो गर्न नसकिएको भन्दै अन्ततः पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा सार्वजनिक गर्न बाध्य भएको पनि बताउनुभयो।

भिजिट भिसा प्रकरणले पछिल्लो समय राजनीतिक वृत्तदेखि आम सर्वसाधारणसम्मको चासो बटुलेको बेला गृहमन्त्री स्वयंले सार्वजनिक रूपमा आफ्नो असंलग्नताको घोषणा गर्नु महत्वपूर्ण रूपमा हेरिएको छ। मन्त्री लेखकले यस्ता विषयहरूमा आधारहीन प्रचारबाजी नगर्न समेत सबैलाई आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...