News Portal

संसदमा बोलेनन्, पत्रकार सम्मेलनमा बोले गृहमन्त्री लेखक : “म दोषी होइन”

हिमालीसंचार संवाददाता
२१० पटक

काठमाडौं, जेठ १४ – भिजिट भिसा सम्बन्धी पछिल्ला दिनमा उठेका विवादहरूमाथि गृहमन्त्री रमेश लेखकले खुलस्त धारणा सार्वजनिक गर्दै आफू कुनै पनि रूपमा उक्त प्रकरणसँग संलग्न नभएको दाबी गर्नुभएको छ। बुधबार संघीय संसद भवनको ल्होत्से हलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लेखकले सामाजिक सञ्जालमार्फत फैलाइएका आरोपहरूलाई पूर्ण रूपमा खारेज गर्दै आफ्नो स्पष्टीकरण दिएका हुन्।

“केही दिनदेखि सामाजिक सञ्जालहरूमा मेरो नाम जोडेर भ्रामक प्रचार गरिएको देखिन्छ। तर म यो अवसरमार्फत प्रष्ट पार्न चाहन्छु—भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन,” मन्त्री लेखकले पत्रकारहरूसँग भन्नुभयो, “अनावश्यक रूपमा मेरो छविमा आघात पुर्‍याउने प्रयास भइरहेको छ, जुन पूर्णतः असत्य र दुर्भावनापूर्ण हो।”

उहाँका अनुसार यस विषयमा आफूले संसदभित्रै आफ्नो धारणा राख्ने प्रयास गरेका थिए। तर विपक्षी दलहरूको लगातार अवरोधका कारण त्यसो गर्न नसकिएको भन्दै अन्ततः पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा सार्वजनिक गर्न बाध्य भएको पनि बताउनुभयो।

भिजिट भिसा प्रकरणले पछिल्लो समय राजनीतिक वृत्तदेखि आम सर्वसाधारणसम्मको चासो बटुलेको बेला गृहमन्त्री स्वयंले सार्वजनिक रूपमा आफ्नो असंलग्नताको घोषणा गर्नु महत्वपूर्ण रूपमा हेरिएको छ। मन्त्री लेखकले यस्ता विषयहरूमा आधारहीन प्रचारबाजी नगर्न समेत सबैलाई आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...