News Portal

गृहमन्त्रीको राजीनामा माग यथावत्, बजेट अवरोध नगर्ने विपक्षी दलहरूको निर्णय

हिमालीसंचार संवाददाता
२५० पटक

काठमाडौं, जेठ १४ – संघीय संसद भवन, नयाँ बानेश्वरमा बुधबार बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा मागलाई अझ सशक्त रूपमा अघि बढाउने निर्णय गरेको छ। भिजिट भिसा प्रकरणमा गम्भीर चिन्ता जनाउँदै बैठकले गृहमन्त्रीको नैतिक जिम्मेवारीबारे प्रश्न उठाएको छ। यससँगै संसदमा आउन लागेको बजेटप्रति भने विपक्षीहरू लचक भएका छन्।

आजको बैठकमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा लगायतका प्रमुख विपक्षी दलका नेताहरूको सहभागिता रहेको थियो। उनीहरूले भिजिट भिसा दुरुपयोग प्रकरणमा गृह मन्त्रालयको भूमिकालाई अविश्वसनीय बताउँदै मन्त्री लेखकको तत्काल राजीनामाको मागलाई दोहोर्‍याएका छन्।

सत्तारूढ नेपाली कांग्रेस र एमाले भने गृहमन्त्रीको राजीनामा आवश्यक नरहेको पक्षमा उभिएका छन्। गृहमन्त्री लेखकले आजै संसदमा आफ्नो पक्ष स्पष्ट पार्ने तयारी गरेका छन्। यसअघि बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्रीबीच भएको त्रिपक्षीय छलफलमा राजीनामा नदिई सदनमै जवाफ दिने सहमति जुटेको थियो।

प्रधानमन्त्री ओलीले बिहानै प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेर सदनमा गृहमन्त्रीको सम्बोधन सुनिश्चित गरिदिन आग्रह गरे पनि प्रचण्डले गृहमन्त्रीको राजीनामामै अडिग रहेको बताएका छन्।

माओवादी सांसद माधव सापकोटाका अनुसार, बैठकले गृहमन्त्रीप्रति असन्तुष्टि कायमै राख्ने निर्णय गरे पनि बजेट सत्रलाई अबरुद्ध नगर्ने निष्कर्ष निकालिएको हो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...