आज : २०२६-०६-१४, आइतबार

पुरुषोत्तम त्रिपाठीको नयाँ स्वदेश गीत सार्वजनिक

काठमाडौं, जेठ ४ – नेपाली आधुनिक संगीत विधामा आफ्नो पृथक पहिचान बनाउन सफल सर्जक, संगीतकार तथा गायक पुरुषोत्तम त्रिपाठीले नयाँ स्वदेश गीत सार्वजनिक गर्नुभएको छ।

आधुनिक, पप, दोहोरी, राष्ट्रिय भावना झल्काउने गीतदेखि मार्मिक भावका गीतसम्म सिर्जना गरी नेपाली संगीत बजारमा छुट्टै स्थान बनाउनुभएका त्रिपाठी पछिल्ला दिनहरूमा एकदमै व्यस्त संगीतकर्मीका रूपमा चर्चित हुनुहुन्छ।

हालै उहाँको राष्ट्रप्रेममा आधारित नयाँ शैलीको स्वदेश गीत सार्वजनिक भएको छ, जुन गीत अहिले निकै चर्चाको केन्द्रमा रहेको छ।

उक्त गीतका शब्द र संगीत स्वयं पुरुषोत्तम त्रिपाठीकै छन् भने स्वर त्रिपाठी र गायिका रुशा फुयालले दिनुभएको छ।

गीत ‘PTCO Music’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।