News Portal

विराटनगर महानगरपालिकाको मेयरमा काँग्रेसका कोइराला निर्वाचित

हिमालीसंचार संवाददाता
४०७ पटक

रविन्द्र बराल/विराटनगर – विराटनगर महानगरपालिकाको नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार नागेश कोइरालाले ३०१७० मत प्राप्त गरी निर्वाचित  भएका छन् । गएराति सार्वजनिक गरिएको मतपरिणामको अन्तिम मतपरिणामअनुसार कोइरालाले ३०१७० मत प्राप्त गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेयर पदका उम्मेदवार सागर कुमार थापाले २१४५५ मत प्राप्त गरी पराजीत भएका हुन् । स्वतन्त्र उम्मेदवार उमेश कुमार यादव तेस्रो स्थानमा आएका थिए। 

त्यस्तै, उपमेयरमा एमालेकी उपमेयर पदका उम्मेदवार शिल्पा कार्कीले २५६८० मत प्राप्त गरी निर्वाचित भएकी छिन्। उनले जसपाका उपमेर पदका उम्मेदवार अमरेन्द्र यादवलाई पराजित गरेकी हुन् । शिल्पाले २५६८० मत प्राप्त गर्दा अमरेन्द्रले १४२१९ मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ। 

विराटनगरमा सत्ता गठबन्धन रहेको थियो । जसअनुसार काँग्रेसले मेयर र जसपाले उपमेयर पाएको थियो । जसमा गठबन्धन तोड्दै विराटनगरमा उपमेयर एमालेले जितेको हो

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...