News Portal

  • रंगेलीमा मतपत्र विवादका कारण स्थगित मतगणना कीन अझै भएन सुचारु (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    २६७ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा मतगणना रंगेली नगरपालिका वडा नं. ७ को मतपेटिका खोल्दा खसेको मत भन्दा १०७ मतपत्र बढी भेटिएपछि विवाद हुदा स्थगित भएको मतगणना अझै सुचारु हुन सकेको छैन।

    निर्वाचन आयोग मोरङले आज सर्वपक्षिय सहमतिको प्रयास गरेको थियो। राजनैतिक दलहरुले मतगणना बदर गरी पुनः मतदान गर्नु पर्ने लिखित माग राखेका कारण सर्वदयीय बैठकमा सहमति जुट्न नसकेको हो। निर्वाचन आयोग मोरङका निर्वाचन अधिकृत रामहरी काफ्लेले विवाद भएका कारण सहित दलहरुको मागको विषयमा निर्वाचन आयोगलाई जानकारी गराएका थिए। 

    निर्वाचन आयोगले भुलवस कम्पुटरमा भएको प्रवेष्टि तत्काल सच्याई मतगणना कार्य सुचारु गर्न, मत गणना गर्न राजनैतिक दल वा नीजका प्रतिनिधि सहमति नभएमा स्थानीय तह निर्वाचन निर्देशिका ७८ को दफा १७६ बमोजिम गर्न गराउन मोरङ जिल्लाका निर्वाचन अधिकृत काफ्लेलाई निर्देशन दिएको छ। 

    त्यस्तै निर्देशनको तेस्रो बुदा अन्तरगत मतगणना कार्यमा बाध अबरोध सृर्जना गर्न खोजेको खण्डमा जो कोहिलाई स्थानीय प्रशासन ऐन तथा निर्वाचन कसुर सजाए ऐन ७३ अनुसार शक्त कारबाही गर्न जिल्ला प्रशासन कार्यालय मोरङलाई निर्देशन दिएको छ। 

    निर्वाचन आयोगको निर्देशनपछि मोरङ जिल्लाका निर्वाचन अधिकृत रामहरी काफ्लेले स्थानीय प्रशासन, राजनैतिक दलका जिल्लास्तरीय नेताहरु त्यो भन्दा माथिल्लो तहका नेताहरुसंग सहजीकरणका लागि आवश्यक छलफल अधिकतम प्रयास गरिरहेको निर्वाचन अधिकृतले बताए। 

    उनका अनुसार भोलि बिहान १० बजे सर्ववक्षिय सर्वदलिय बैठकको बसेर स्थगित मतगणनाका पुनः सुचारु गर्नका लागि अधिक सहमतिको प्रयास गरिने संचारकर्मा समक्ष बताए।  

    निर्वाचन अधिकृत काफ्लेः

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मधेशमा मुख्यमन्त्रीलाई काम गर्न देऊ भन्दै एमाले सडकमा

    जनकपुरधाम, मंसिर २ – मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई जिम्मेवारी निर्विध्न रूपमा पूरा गर्न...

    आज २०८२ साल मंसिर २ गतेको राशिफल

    आज मंसिर २, २०८२ (नोभेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    सामाजिक सञ्जालमै टिकट बाँडफाँड, कति विश्वसनीय?

    काठमाडौं –  नेपालमा उदाउँदै गरेका कतिपय नयाँ राजनीतिक दलका नेताहरू सामाजिक सञ्जालमा अत्यधिक सक्रिय हुँदै...

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

    बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै...

    ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

    ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले...