News Portal

रंगेलीमा मतपत्र विवादका कारण स्थगित मतगणना कीन अझै भएन सुचारु (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३९३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा मतगणना रंगेली नगरपालिका वडा नं. ७ को मतपेटिका खोल्दा खसेको मत भन्दा १०७ मतपत्र बढी भेटिएपछि विवाद हुदा स्थगित भएको मतगणना अझै सुचारु हुन सकेको छैन।

निर्वाचन आयोग मोरङले आज सर्वपक्षिय सहमतिको प्रयास गरेको थियो। राजनैतिक दलहरुले मतगणना बदर गरी पुनः मतदान गर्नु पर्ने लिखित माग राखेका कारण सर्वदयीय बैठकमा सहमति जुट्न नसकेको हो। निर्वाचन आयोग मोरङका निर्वाचन अधिकृत रामहरी काफ्लेले विवाद भएका कारण सहित दलहरुको मागको विषयमा निर्वाचन आयोगलाई जानकारी गराएका थिए। 

निर्वाचन आयोगले भुलवस कम्पुटरमा भएको प्रवेष्टि तत्काल सच्याई मतगणना कार्य सुचारु गर्न, मत गणना गर्न राजनैतिक दल वा नीजका प्रतिनिधि सहमति नभएमा स्थानीय तह निर्वाचन निर्देशिका ७८ को दफा १७६ बमोजिम गर्न गराउन मोरङ जिल्लाका निर्वाचन अधिकृत काफ्लेलाई निर्देशन दिएको छ। 

त्यस्तै निर्देशनको तेस्रो बुदा अन्तरगत मतगणना कार्यमा बाध अबरोध सृर्जना गर्न खोजेको खण्डमा जो कोहिलाई स्थानीय प्रशासन ऐन तथा निर्वाचन कसुर सजाए ऐन ७३ अनुसार शक्त कारबाही गर्न जिल्ला प्रशासन कार्यालय मोरङलाई निर्देशन दिएको छ। 

निर्वाचन आयोगको निर्देशनपछि मोरङ जिल्लाका निर्वाचन अधिकृत रामहरी काफ्लेले स्थानीय प्रशासन, राजनैतिक दलका जिल्लास्तरीय नेताहरु त्यो भन्दा माथिल्लो तहका नेताहरुसंग सहजीकरणका लागि आवश्यक छलफल अधिकतम प्रयास गरिरहेको निर्वाचन अधिकृतले बताए। 

उनका अनुसार भोलि बिहान १० बजे सर्ववक्षिय सर्वदलिय बैठकको बसेर स्थगित मतगणनाका पुनः सुचारु गर्नका लागि अधिक सहमतिको प्रयास गरिने संचारकर्मा समक्ष बताए।  

निर्वाचन अधिकृत काफ्लेः

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...