News Portal

धरान अपडेटः स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको उच्च रफ्तारमा जनअभिमत सहितको छलांग रोकिएन, तेस्रो स्थानमा भण्डारी

३९३५७ मत गणना हुदा किशोर राई र हर्क साम्पाङको मतान्तर १२९७

हिमालीसंचार संवाददाता
१३९० पटक

धरान – धरान उपमहानगरपालिका धरानको मतगणनाको नतिजा अहिले मध्याह्न सार्वजनिक हुदा सामाजिक अभियन्ता मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १२०१५ मत प्राप्त गरी निरन्तर रुपमा अग्रताको उच्च रफ्तारमा जनअभिमत सहितको छलांग मारिरहेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार धरानमा वडा नं. १ देखि १२, १८ र १९ को ३९३५७ मत गणनाको मतपरिणाम सार्वजनिक गरेअनुसार मेयर पदको उम्मेदवार हर्क साम्पाङले १२०१५ मत प्राप्त गरेको जानकारी दिएको हो। गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १०७१८ मत प्राप्त गरेको छ। नेकपा एमालेकी मेयर पदका उम्मेदवार मञ्जु भण्डारी सुबेदीले ७८३९ मत प्राप्त गरी स्वतन्त्र उम्मेदवार साम्पाङ र गठबन्धनका उम्मेदवार राईलाई पछ्याई रहेकी छिन्। 

मेयर पदका स्वतन्त्र उम्मेदवार साम्पाङ र कांग्रेसका उम्मेदवार राईको १२९७ मतको मतान्तर रहेको छ। स्वतन्त्र मेयर पदको उम्मेदवार साम्पाङ र एमालेकी मेयर पदकी उम्मेदवार भण्डारीसंग ३२७६ मतको मतान्तर रहेको छ भने कांग्रेसका राई र एमालेकी भण्डारीबीच १९७९ मतको मतान्तर रहेको छ। 

त्यस्तै, उपमेयरमा गठबन्धनका उपमेयर पदका उम्मेदवार अइन्द्रबिक्रम बेघाले १२३७६ मत प्राप्त गरेका छन् । एमालेका उपमेयर पदका उम्मेदवार पदम इस्वोले ११७६५ मत प्राप्त गरेका छन् । उपमेयरमा ६११ मतको मतान्तर रहेको छ।

धरानमा कुल मतदाता संख्या १ लाख ३ सय २४ मतदाता रहेको छ। स्थानीय तहका निर्वाचनमा ६२ हजार ८ सय ९७ मत खसेको थिए। अब धरानमा वडा नं. २० सहित २३५४१ मत गणना हुन बाकी रहेको छ।

प्रतिकृया दिनुहोस्

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...