News Portal

धरान अपडेटः स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको उच्च रफ्तारमा जनअभिमत सहितको छलांग रोकिएन, तेस्रो स्थानमा भण्डारी

३९३५७ मत गणना हुदा किशोर राई र हर्क साम्पाङको मतान्तर १२९७

हिमालीसंचार संवाददाता
१४६५ पटक

धरान – धरान उपमहानगरपालिका धरानको मतगणनाको नतिजा अहिले मध्याह्न सार्वजनिक हुदा सामाजिक अभियन्ता मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १२०१५ मत प्राप्त गरी निरन्तर रुपमा अग्रताको उच्च रफ्तारमा जनअभिमत सहितको छलांग मारिरहेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार धरानमा वडा नं. १ देखि १२, १८ र १९ को ३९३५७ मत गणनाको मतपरिणाम सार्वजनिक गरेअनुसार मेयर पदको उम्मेदवार हर्क साम्पाङले १२०१५ मत प्राप्त गरेको जानकारी दिएको हो। गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १०७१८ मत प्राप्त गरेको छ। नेकपा एमालेकी मेयर पदका उम्मेदवार मञ्जु भण्डारी सुबेदीले ७८३९ मत प्राप्त गरी स्वतन्त्र उम्मेदवार साम्पाङ र गठबन्धनका उम्मेदवार राईलाई पछ्याई रहेकी छिन्। 

मेयर पदका स्वतन्त्र उम्मेदवार साम्पाङ र कांग्रेसका उम्मेदवार राईको १२९७ मतको मतान्तर रहेको छ। स्वतन्त्र मेयर पदको उम्मेदवार साम्पाङ र एमालेकी मेयर पदकी उम्मेदवार भण्डारीसंग ३२७६ मतको मतान्तर रहेको छ भने कांग्रेसका राई र एमालेकी भण्डारीबीच १९७९ मतको मतान्तर रहेको छ। 

त्यस्तै, उपमेयरमा गठबन्धनका उपमेयर पदका उम्मेदवार अइन्द्रबिक्रम बेघाले १२३७६ मत प्राप्त गरेका छन् । एमालेका उपमेयर पदका उम्मेदवार पदम इस्वोले ११७६५ मत प्राप्त गरेका छन् । उपमेयरमा ६११ मतको मतान्तर रहेको छ।

धरानमा कुल मतदाता संख्या १ लाख ३ सय २४ मतदाता रहेको छ। स्थानीय तहका निर्वाचनमा ६२ हजार ८ सय ९७ मत खसेको थिए। अब धरानमा वडा नं. २० सहित २३५४१ मत गणना हुन बाकी रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...