News Portal

  • खोटाङ जिल्लामा आचारसंहिता उल्लंघन गर्दै प्रमुख दलहरु

    हिमालीसंचार संवाददाता
    ३०३ पटक

    खोटाङ –  खोटाङ जिल्लाका राजनैतिक दलले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेका छन्। जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन, नेकपा एमाले र राप्रपाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी गतिविधि गरिरहेका छन्  ।

    स्थानीय तहको निर्वाचनमा होमिएका राजनैतिक दलहरुले निर्वाचन आचारसंहिता विपरित जिल्लाका मुख्य बजार, चोक र गाउहरुमा पार्टीको चुनाव चिन्ह्र, ठुला झण्डा झुण्ड्याउदै आचारसंहिता उल्लंघन गरिरहेका छन् ।

    जिल्लाका सदरमुकाम दिक्तेल बजारका अधिकांश घर, पसल, होटल र विद्युतका पोलहरुमा पार्टीको चुनाव चिन्ह सहित झण्डा झुण्ड्याइएका छन्। सदरमुकाम दिक्तेल बाहेक हलेसी, दुर्छिम, खोटाङबजार, चिसापानी, मात्तिम, ऐसेलुखर्क, बाक्सिला लगायतका प्रमुख केन्द्रहरुमा समेत आचार संहिता उल्लंघन गर्दै पार्टीको चिन्ह अंकित झण्डा राखेको पाइएको छ । बजारका केही ठाउँमा पार्टीको चुनाव चिन्ह व्यानर समेत टागिएको छ ।

    निर्वाचन आचारसंहितामा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने व्यवस्था भए पनि दिक्तेलबजारमा साउण्ड सिस्टम जीपमा राखेर घन्काउँदै बजार परिसरमा ओहोर–दोहोर गराएको देखिन्छ ।

    जिल्लाका पार्टीको सम्पर्क कार्यालयमा पनि साउण्ड सिस्टमबाट चुनावी गीत बजाएको सुनिन्छ । कतिपय दलका चुनावी जुलुस र र्‍यालीमा १८ वर्षमुनिका बालबालिकालाई समेत प्रयोग गरिएको सामाजिक सञ्जालमा समेत राखिएको पाइएको छ ।

    आयोगले पार्टीको सम्पर्क कार्यालय र उम्मेदवारको घरमा तोकिएको साईजमा बाहेक अन्य स्थानमा दलको प्रचार सामग्री राख्नु निर्वाचन आचार संहिताको उल्लंघन ठहरिने जिल्ला निर्वाचन कार्यालय खोटाङका जिल्ला निर्वाचन अधिकारी राजेश गौतम बताउँछन् ।

    प्रतिवद्धता गरे, हटेन झण्डाः निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङले सोमबार जिल्लाका सबै दलका प्रतिनिधिलाई बोलाएर बैठक राख्यो । बैठकमा उपस्थित दलका नेताले मंगलबार बिहान १० बजेसम्ममा यत्रतत्र राखिएका झण्डा हटाउने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरे । तर प्रतिवद्धता–पत्रमा हस्ताक्षर गरेर फर्किएका दलले हालसम्म बजारका निर्वाचन सामग्री हटाएका छैनन् । 

    निर्वाचन आचार संहितामाः निर्वाचन आचार संहिता २०७८ मा घर वा जग्गा धनीको अनुमित नलिई कसैको निजी घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न मिल्दैन ।

    यस्तै, स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आसभा, कोणसभा, बैठक जस्ता भेला गर्न नहुने, जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, ज्याकेट, कमिज, झेला लगायत बोक्न नहुने, निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पुरा नर्भका बालबालिकाको प्रयोग नहुने उल्लेख छ ।

    यस्तै, उम्मेदवारको कार्यालयमा तुल (कपडा)मा बनाइएको ३ इन्टु ३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह बाहेक दलको प्रचारप्रसार गर्ने उद्धेश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृष्य सामग्री प्रदर्शन गर्न नहुने व्यवस्था रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...