News Portal

खोटाङ जिल्लामा आचारसंहिता उल्लंघन गर्दै प्रमुख दलहरु

हिमालीसंचार संवाददाता
३५० पटक

खोटाङ –  खोटाङ जिल्लाका राजनैतिक दलले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेका छन्। जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन, नेकपा एमाले र राप्रपाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी गतिविधि गरिरहेका छन्  ।

स्थानीय तहको निर्वाचनमा होमिएका राजनैतिक दलहरुले निर्वाचन आचारसंहिता विपरित जिल्लाका मुख्य बजार, चोक र गाउहरुमा पार्टीको चुनाव चिन्ह्र, ठुला झण्डा झुण्ड्याउदै आचारसंहिता उल्लंघन गरिरहेका छन् ।

जिल्लाका सदरमुकाम दिक्तेल बजारका अधिकांश घर, पसल, होटल र विद्युतका पोलहरुमा पार्टीको चुनाव चिन्ह सहित झण्डा झुण्ड्याइएका छन्। सदरमुकाम दिक्तेल बाहेक हलेसी, दुर्छिम, खोटाङबजार, चिसापानी, मात्तिम, ऐसेलुखर्क, बाक्सिला लगायतका प्रमुख केन्द्रहरुमा समेत आचार संहिता उल्लंघन गर्दै पार्टीको चिन्ह अंकित झण्डा राखेको पाइएको छ । बजारका केही ठाउँमा पार्टीको चुनाव चिन्ह व्यानर समेत टागिएको छ ।

निर्वाचन आचारसंहितामा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने व्यवस्था भए पनि दिक्तेलबजारमा साउण्ड सिस्टम जीपमा राखेर घन्काउँदै बजार परिसरमा ओहोर–दोहोर गराएको देखिन्छ ।

जिल्लाका पार्टीको सम्पर्क कार्यालयमा पनि साउण्ड सिस्टमबाट चुनावी गीत बजाएको सुनिन्छ । कतिपय दलका चुनावी जुलुस र र्‍यालीमा १८ वर्षमुनिका बालबालिकालाई समेत प्रयोग गरिएको सामाजिक सञ्जालमा समेत राखिएको पाइएको छ ।

आयोगले पार्टीको सम्पर्क कार्यालय र उम्मेदवारको घरमा तोकिएको साईजमा बाहेक अन्य स्थानमा दलको प्रचार सामग्री राख्नु निर्वाचन आचार संहिताको उल्लंघन ठहरिने जिल्ला निर्वाचन कार्यालय खोटाङका जिल्ला निर्वाचन अधिकारी राजेश गौतम बताउँछन् ।

प्रतिवद्धता गरे, हटेन झण्डाः निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङले सोमबार जिल्लाका सबै दलका प्रतिनिधिलाई बोलाएर बैठक राख्यो । बैठकमा उपस्थित दलका नेताले मंगलबार बिहान १० बजेसम्ममा यत्रतत्र राखिएका झण्डा हटाउने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरे । तर प्रतिवद्धता–पत्रमा हस्ताक्षर गरेर फर्किएका दलले हालसम्म बजारका निर्वाचन सामग्री हटाएका छैनन् । 

निर्वाचन आचार संहितामाः निर्वाचन आचार संहिता २०७८ मा घर वा जग्गा धनीको अनुमित नलिई कसैको निजी घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न मिल्दैन ।

यस्तै, स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आसभा, कोणसभा, बैठक जस्ता भेला गर्न नहुने, जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, ज्याकेट, कमिज, झेला लगायत बोक्न नहुने, निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पुरा नर्भका बालबालिकाको प्रयोग नहुने उल्लेख छ ।

यस्तै, उम्मेदवारको कार्यालयमा तुल (कपडा)मा बनाइएको ३ इन्टु ३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह बाहेक दलको प्रचारप्रसार गर्ने उद्धेश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृष्य सामग्री प्रदर्शन गर्न नहुने व्यवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस्

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...