News Portal

व्यवहारिक र गुणस्तरीय शिक्षाको आवश्यकता

सुजन कडेल
७३४ पटक

धादिङ। नेपालको सन्दर्भमा माध्यमिक शिक्षा परिक्षा (एसईई) बिद्यार्थी भाइबहिनीहरुको शैक्षिक गुणस्तर मापन गर्ने अस्त्रको रुपमा रहेको छ। करिब १०/१२ वर्षे बिद्यार्थी जीवनको अत्यमा लिइने एसईईको महत्व आफैमा धेरै हुनु स्वभाविक हो।

बिद्यार्थी अभिभावक, बिद्यालय सबैलाई चासो र चर्चा रहने एसईई परिक्षा हिजोबाट शुरु भएको छ। यसपाली एसईईमा सहभागी सम्पूर्ण बिद्यार्थी भाइबहिनीहरुलाई सफलताको शुभकामना दिन चाहान्छु। एसईईलाई चुनौति कम र अवसर बढी सोची सोही अनुसार तयारी गरि आफुलाई तयार पारेको अवस्थामा उपयुक्त र अपेक्षित लक्ष्य र सफलता हासिल गर्ने कुरामा दुई मत छैन।

जब नयाँ शैक्षिक सत्रको शुरु हुन्छ तब कक्षा १० का बिद्यार्थीहरुलाई हरेक बिद्यालयले एसईईमा उत्कृष्ट नतिजा प्राप्त गराउन आवश्यक सम्पूर्ण पुर्वतयारी गर्ने गर्दछन। अतिरिक्त कक्षा सञ्चालन यसको पर्याय बनेको छ। बिद्यार्थी जीवनका त्यस अघिका कक्षा र परीक्षा लाई धेरै महत्त्व नदिइने र अन्तिममा बढि ध्यान दिनपर्नु हुँदा यसलाई बिद्यार्थीले केही हदसम्म बोझ र झन्झटको रुपमा लिनु स्वभाविक हो।

कुनै पनि बिद्यालयको सफलता, असफलता, मजबुत कडी, कमजोर पक्ष र वास्तविक चित्र एसईईको नतिजामा भर पर्नु आफैमा राम्रो कुरा होइन। बिद्यार्थीको मानसिक तनाब, अभिभावकको लगानी र शिक्षक-शिक्षिकाको लगनलाई कमजोर हुनुमा पक्कै राम्रो होइन। बिद्यार्थीको सिकाई उपलब्धिलाई कम तर मार्कसिटका देखिने ग्रेडको अँकलाई बढि प्राथमिकता दिने प्रचलनको अन्त्य हुनु पर्दछ।

कुनै पनि बिद्यार्थीले बिद्यार्थी जीवनमा जानेको सिकेको बुझेको र व्यबहारमा लागु गरेको ज्ञानलाई मार्कसिटका प्राप्त उपलब्धसँग तुलना गरिनु हुदैन। कक्षामा कथित कमजोर व्यक्ति व्यबहारमा उत्कृष्ट ज्ञान प्रदर्शन गर्न सक्दछ भने कक्षामा उत्कृष्ट मानिएको बिद्यार्थी वास्तविक जीवनको परिक्षामा कम अंक ल्याई निरीह बन्न पर्ने अवस्था सिर्जना हुन सक्दछ। व्यबहारिक ज्ञान र कक्षाको सिकाईलाई सन्तुलनमा राखि अघि बढ्न सकेमा मात्र कुनै पनि ब्यक्ति जीवनमा सफल बन्दछ।

सम्पूर्ण अभिभावक, बिद्यालय र बिद्यार्थी वर्गले ज्ञान र व्यबहारलाई ध्यान दिएर अघि वढ्न सकेमा मात्र अपेक्षित उपलब्धि हासिल गर्न सकिन्छ। त्यसैले म आह्वान गर्छु कि सम्पूर्ण अभिभावक ज्यूहरु आफ्ना छोराछोरीहरुले कति अंक ल्याउछ भनेर होइन कि कत्तिको ज्ञान हासिल गर्न सक्दछ भनेर सिकाई कार्यमा लगाउनुहोस् र उसलाई आवश्यकता अनुसारको लगानी गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...