News Portal

सुर्खेतमा यू–१९ क्रिकेट सिरिज हुने

हिमाली संचार संवाददाता
८५३ पटक

सुर्खेत – कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा यू–१९ मैत्रीपूर्ण सिरिज हुने भएको छ । एम.एस. क्रिकेट एकेडेमीको आयोजनामा उक्त सिरिज हुन लागेको हो ।

सिरिज असोज १९ र २० गते कालिञ्चोक रंगशालामा सञ्चालन हुने एम.एस. क्रिकेट एकेडेमीका सौगात कार्कीले बताए । उनका अनुसार एम.एस. क्रिकेट एकेडेमी सुर्खेत र नेपाल स्टार्स क्रिकेट क्लव कोहलपुरबीच प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा पहिलो र दोस्रो खेल २०/२० ओभरको हुनेछ भने अन्तिम खेल ३० ओभरको हुने एकेडेमीका सञ्चालक एवं प्रशिक्षक रबिन्द्र जंग शाहीले बताए ।

उनले क्रिकेटलाई थप निखार ल्याउन र एकेडेमीका खेलाडीहरुको हौसला बढाउनका लागि उक्त सिरिज सञ्चालन गर्न लागेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...