News Portal

सुर्खेतमा यू–१९ क्रिकेट सिरिज हुने

हिमाली संचार संवाददाता
७७८ पटक

सुर्खेत – कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा यू–१९ मैत्रीपूर्ण सिरिज हुने भएको छ । एम.एस. क्रिकेट एकेडेमीको आयोजनामा उक्त सिरिज हुन लागेको हो ।

सिरिज असोज १९ र २० गते कालिञ्चोक रंगशालामा सञ्चालन हुने एम.एस. क्रिकेट एकेडेमीका सौगात कार्कीले बताए । उनका अनुसार एम.एस. क्रिकेट एकेडेमी सुर्खेत र नेपाल स्टार्स क्रिकेट क्लव कोहलपुरबीच प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा पहिलो र दोस्रो खेल २०/२० ओभरको हुनेछ भने अन्तिम खेल ३० ओभरको हुने एकेडेमीका सञ्चालक एवं प्रशिक्षक रबिन्द्र जंग शाहीले बताए ।

उनले क्रिकेटलाई थप निखार ल्याउन र एकेडेमीका खेलाडीहरुको हौसला बढाउनका लागि उक्त सिरिज सञ्चालन गर्न लागेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...