News Portal

प्रदेश १ किन किरात प्रदेश? मुख्यमन्त्री राईलाई बुझाइयो ५ बुँदे आधार

हिमालीसंचार संवाददाता
२७७ पटक

धरान – सात प्रदेशमध्ये दुई प्रदेशको नाम के राख्ने ? भन्ने विवाद अझैँ टुंगिएको छैन । पाँच प्रदेशका नाम टुंगोमा पुर्याइएपनि प्रदेश नम्बर १ र २ को नाम राख्न बाँकी छ । प्रदेशको नाम राख्ने सन्दर्भमा विभिन्न जातिका समुदाय आफ्नो अडानबाट पछि हटेका छैनन् ।

पहिचान र भौगोलिक सन्दर्भका आधारमा प्रदेश १ विशेषगरी किरात थाँतथलो भएकाले “किरात प्रदेश” नै हुनुपर्ने जोडदार माग चलिरहेको छ । तर, अन्य जातिका समुदाय भने यसलाई मान्न तयार छैनन् ।

आखिर राज्यबाटै किन प्रदेश १ किरात राज्य राख्न हिच्किचाइदैछ? किरात प्रदेश राख्ने भन्ने सन्दर्भमा किरात राई यायोक्खाको भातृ संस्था किरात राई विद्यार्थी (किरावि) संघ तथा किरात राज्य समन्वय समितिले प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र  कुमार राईलाई पाँच बुँदे ज्ञापन पत्र बुझाएको छ ।

प्रदेशको नाम सगरमाथा र कोशी राखे पहिचान गुम्नेमा संघले आपत्ति जनाएको छ । ब्रिटिस सर्भेयरले चोमोलुङ्माको सट्टामा ‘एभरेष्ट’ र पछि बाबुराम आचार्यले ‘सगरमाथा’ राखेको नाम र कोशीले पहिचानको मुद्धा नबोक्ने ज्ञापन पत्रमा भनिएको छ ।

सरकारले पहिचानको आधारमा प्रदेशको नामाकरण नगरेमा अशान्तिमात्र नभइ विदेशी चलखेल बढ्ने पनि संघले स्पष्ट रुपमा ज्ञापन पत्रमा भनेको छ । साथै, प्रदेश १ को नाम “किरात प्रदेश” सन्दर्भमा प्रदेश सभा सदस्य, सरकार प्रमुख, विभिन्न दलका नेता र आम जनताले बुझेको पनि ज्ञापनमा उल्लेख छ ।

ज्ञापन पत्रमा किरावि संघ तथा समितिले प्रदेश नं १ का जनताको माग र चाहना बमोजिम राख्नुपर्ने माग गरेको छ । साथै, किरात शब्द बहुपहिचानसहितको सर्वप्राचिन तथा सर्वस्वीकार्य नाम भएको र किरात शब्दले कुनै एक जातीलाई मात्र सम्बोधन नगरेर किरात भू–गोलमा बसोबास गर्ने सबै जातिलाई प्रतिनिधित्व गर्ने संघको भनाइ छ ।

प्रदेश १ किरात प्रदेश हुनुपर्ने ५ आधार

१. किरात शब्दमा आफैँमा बहुपहिचानसहित सर्वप्राचीन तथा सर्वस्वीकार्य नाम भएको र किरा शब्दले कुनै एक जातिलाई मात्र प्रतिनिधित्व गर्दैन । हिमाल, पहाड र तराइ १६ जातिका किरातीलगायत सबै जाति आदिवासी, जनजाति र खस, आर्य समुदायसमेतले आफूलाई ऐतिहासिक भूगोलको आधारमा किराती भन्न गर्व गर्दै आएका छन् । त्यसैले किरात शब्द एक ऐतिहासिक, सांस्कृतिक, भौगोलिक विशेषतासहितको एक मानव सभ्याता हुनको साथै नेपालको एक कालखण्डको किरात प्राचीन इतिहास र भुगोल भएकाले प्रदेश नम्बर १ को नाम “किरात प्रदेश” राख्न उपयुक्त हुन्छ ।

२. हजारौँ वर्ष पहिले पूर्वी भूभागमा भष्मे खोरिया फाँडेर मानव सभ्यताको सुरुवात गरेको किरात समुदाय इतिहासको कालखण्डमा आफ्नो विशिष्ट भाषा, संस्कार, संस्कृति, सभ्यतालाई त्यस भूभागमा स्थापित गरी उनीहरुको विशिष्ट पहिचानलाई वर्तमान अवस्थासम्म पनि निरन्तरता दिइरहेकाले ।

३. खोला, नाला, वनजंगल, हिमालजस्ता नाम राखिएमा बहुपहिचान बोकेको मानव इतिहास, सभ्यता र संस्कृति हराउने भएकाले ।

४. विभिन्न पार्टीहरुले उठाउँदै आएको बहुपहिचान र पहिचान भेटिने, द्वन्द्व मेटिने नारालाई सार्थक बनाउनसमेत “किरात प्रदेश” सबैको साझा र सर्वस्वीकार्य नाम हुन सक्ने भएकाले ।

५. समृद्धि र विकासको नारा सफल बनाउनका लागि शान्ति अपरिहार्य कुरा हो । विगतमा भएका सम्झौँताहरुलाई कार्यान्वयन गर्न, पहिचानको माग राख्ने आन्दोलनरत सामाजिक संघ संस्था, राजनीतिक दलहरुको यसप्रकारको मुद्धाहरुलाई सम्बोधन गरी अब मुलुकलाई स्थायी शान्ति, समृद्धि र विकासको मार्गमा एक ढिक्का भएर अघि बढाउन जरुरी भएको हुनाले १ नम्बर प्रदेशलाई “किरात प्रदेश” नामाकरण गरियोस् भनि किरात राई विद्यार्थी संघ केन्द्रीय कार्यसमिति हार्दिक अपील गर्दछौँ ।

संघको ५ बुँदे ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राईले आफ्नो ठाउँबाट प्रदेशमा नाम किरात राख्न सक्दो कोसिस गर्ने बताएका छन् । यसअघिका मुख्यमन्त्री शेरधन राईले पनि प्रदेश नामाङ्कनको विषयमा आफूले सक्दो प्रयास गर्ने भन्दा भन्दै उनी पदच्यूत भएका थिए ।

तर, वर्तमान मुख्यमन्त्री राईले भने प्रदेशको नाम राख्ने विषय संसदले पास गर्ने कुरा भएकोले यो प्रस्तावमा सहमतिको लागि आफ्नो तर्फबाट भरपुर प्रयास गरिरहेको सुनाए ।

मुख्यमन्त्री राईलार्य किरावि संघका केन्द्रिय उपाध्यक्ष सन्तोष मुक्मिन राई, सुनसरीकी अध्यक्ष नीता राईलगायतका अन्य पदाधिकारी तथा सदस्यहरुले ज्ञापनपत्र बुझाएका थिए ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...