
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएका छन्।
महामन्त्रीमा उम्मेदवार दिएकी अर्का प्रतिद्वण्दी अभिनेत्री रेखा थापा भने पराजित भएकी छिन् । बिहान सकिएको मत गणनामा अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको प्यानलमा रहेकी थापा शाहीसँग पराजित भएकी हुन।
शाही कमल थापा प्यानलबाट थिईन भने रेखा थापा लिङदेन प्यानलबाट थिईन्।
राप्रपाको निर्वाचन आयोगका अनुसार कुन्ति शाहीले २ हजार ८ मत ल्याएकी थिईन भने रेखा थापाले १६ सय ४० मत प्राप्त गरेकी थिईन्।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
