News Portal

मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार, श्रीमान बाँधिएको अवस्थामा घटना

२३५ पटक

मकवानपुर, भदौ २९ – मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा दुई महिनाअघि सुत्केरी भएकी २४ वर्षीया महिलामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार, पीडितको श्रीमानलाई बाँधेर एक अपरिचित व्यक्तिले महिलामाथि बलात्कार गरेको हो। परिवार आर्थिक रूपमा कमजोर रहेको र महिला पहिलो सन्तानको जन्म दिएकी भएकाले उनी प्लास्टिकले ओत लगाएको झुपडीमा बस्दै आएको बताइएको छ।

गाउँपालिकाले सुत्केरीका समयमा आवश्यक पोषण र आर्थिक सहयोग पनि प्रदान गरेको थियो। घटना सार्वजनिक भएपछि पीडितलाई आज बिहान हेटौंडास्थित जिल्ला प्रहरी कार्यालयमा लगिएको छ। साथै महिला तथा बालबालिका सेवा केन्द्रमा परामर्श सुरु गरिएको छ।

अध्यक्ष मल्लले भने, “घटनास्थल जंगलको एकान्तमा रहेकाले प्रहरी जान डराएको कारण हामीले नै पीडित परिवारलाई सुरक्षित स्थानमा ल्याएका हौँ।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...