News Portal

  • प्रधानमन्त्री कार्यालय नयाँ भवनमा सारिँदै

    २२३ पटक

    काठमाडौँ, भदौ २७ – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जीर्ण भएपछि यसको कामकाज गृह मन्त्रालयको नयाँ भवनबाट सञ्चालन गर्ने तयारी गरिएको छ।

    शुक्रबार बिहान मुख्यसचिव एकनारायण अर्यालले सिंहदरबारका विभिन्न मन्त्रालयको अवलोकन गरेपछि वैकल्पिक व्यवस्था मिलाउने निर्णय अघि बढाइएको हो। उच्च स्रोतका अनुसार पुरानो गृह मन्त्रालयको स्थानमा बनेको नयाँ भवनलाई प्रधानमन्त्री कार्यालयका लागि प्रयोग गर्ने योजना छ।

    उक्त भवन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखाना नजिकै रहेको छ। हाल गृह मन्त्रालय बसेको भवन पनि भत्किसकेकाले यसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सार्ने, र शिक्षा मन्त्रालयलाई केशरमहलमा स्थानान्तरण गर्ने तयारी गरिएको सरकारी स्रोतले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...

    युवा नेतृत्व बिना राजनीति अघि बढ्दैन : मन्त्री खरेल

    काठमाडौं, मंसिर २६ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीति अब नयाँ पुस्ताको हातमा...

    प्रधानमन्त्री कार्कीले आज चार मन्त्री थप्दै, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

    काठमाडौं, मंसिर २६ – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। आज...

    युवा शक्ति कुवेतद्वारा पहिलो पटक सरकारी स्वीकृतिसहित सालमिया साइट क्षेत्रमा सफाई अभियान सुरु

    कुवेत सिटी– कुवेत सामाजिक सेवामा सक्रिय युवा शक्ति कुवेतले कुवेत सरकारअन्तर्गतको स्थानीय नगरपालिका (Municipality) बाट आधिकारिक...

    आज २०८२ साल मंसिर २६ गतेको राशिफल

    आज मंसिर २६, २०८२ (डिसेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...