News Portal

शेरबहादुर देउवासँग काँग्रेस सभापतिमा लड्ने प्रकाशमान कि शेखर ?

हिमालीसंचार संवाददाता
२७३ पटक

काठमाडौं – नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी धेरै भएपछि संस्थापन पक्षबाट शेरबहादुर देउवा उम्मेदवार बन्ने निश्चितप्रायः भएको छ । घटनाले अर्को मोड नलिए शेरबहादुर देउवा सभापतिको मैदानमा उत्रने छन् । उनले त्यसका लागि तयारी समेत गरिरहेका छन् ।

नेपाली कांग्रेस संस्थापन पक्षबाट देउवा अगाडि बढ्ने भएपनि इतर समूहबाट उम्मेदवारको टुंगो लागिसकेको छैन । आकांक्षीहरु धेरै भएको र कोही पछि हट्न नचाहेबाट टुंगो नलागेको हो । तर, जिल्ला सभापतिको १६ जिल्लाबाहेकमा अधिवेशन भइसक्दा नेताहरु को कति शक्तिशाली भन्ने अनुमान लगभग आइसकेको छ ।

पाटीको संस्थापन इतर समूहबाट काठमाडौं उपत्यकामा प्रकाशमान सिंहले र प्रदेश १ का मोरङ र सुनसरीमा प्रभाव बनाएबाट डा.शेखर कोइराला प्रभावशाली देखिएका छन् ।

पाटीमा सहमति भएमा यी दुईमध्ये एकलाई सभापति छाड्न वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य सुजाता कोइराला तयार रहेको बुझिएको छ । यी दुईमा सहमति बनाउन नसके आफ्नो नाममा सहमति निकाल्न पौडेल र सुजाताले आग्रह गर्दै आएका छन् ।

महामन्त्री डा. सशांक कोइराला पनि दाबेदार छन् । तर, उनीभन्दा पकडका हिसाबले कोइराला परिवारभित्र शेखर नै बलिया देखिएका छन् । संस्थापन इतर समूहबाट सम्भवतः प्रकाशमान सिंह र डा. शेखर कोइरालामध्येबाट एक सभापतिको मैदानमा अघि सर्ने सम्भावना बढेको छ । यी दुईले पावर सेयरिङ गर्ने प्रयास गरिरहेका छन् । त्यसका अलावा पौडेललाई सम्मानित स्थान दिने, डा. सशांक कोइराला, सुजाता कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी जस्ता हस्तीहरुको पनि व्यवस्थापनको प्रयास थालेका छन् ।

नेता सिंहले आफू राजनीतिमा शेखरभन्दा सिनियर भएको र लामो अनुभव भएको तर्क राख्ने गरेका छन् । पार्टीको तल्लो इकाई हुँदै पहिलो निर्वाचित महामन्त्री भएको विषय पनि बलियो गरी राख्ने गरेका छन् । आफ्ना पिता गणेशमान सिंहले प्रधानमन्त्री पद त्यागेको स्मरण गराउँदै अब आफ्ना लागि पनि त्याग देखाउन भनिरहेका छन् ।

डा. शेखर कोइरालाले पछिल्लो समय निकै सक्रिय रहेर देशभर पुगेको, कार्यकर्ताको भावना बुझेको, कोइराला परिवारका तीन नेतामध्ये पाको भएको विषय राख्ने गरेका छन् । आफू सबैका लागि स्वीकार्य हुने बताउने गरेका छन् ।

सिंह र कोइरालाको आआफ्नै दाबी छ । अब यी दुईले पावर सेयरिङ गरेमा कुरा मिल्न सक्छ । कुनै एक नेता सभापतिका लागि अगाडि बढ्न सक्छ । तर, दुवै चुनावी मैदानमा गएमा भने देउवालाई जित सजिलो बन्ने सम्भावना बढ्छ । देशभरको नेपाली काँग्रेस अधिवेशनबाट यी दुई बलियो स्थितिमा आएपनि देउवाको हाराहारीमा छैनन् । दुई नेता मिलेर आफ्नो समूहबाट अरुको पनि साथ लिन सके देउवाका लागि कडा चुनौती दिने माहोल बन्न सक्छ । यसकारण पनि संस्थापन इतर समूह सिंह र कोइरालालाई मिलाउन दबाब बढाइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...