News Portal

  • शेरबहादुर देउवासँग काँग्रेस सभापतिमा लड्ने प्रकाशमान कि शेखर ?

    हिमालीसंचार संवाददाता
    २०८ पटक

    काठमाडौं – नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी धेरै भएपछि संस्थापन पक्षबाट शेरबहादुर देउवा उम्मेदवार बन्ने निश्चितप्रायः भएको छ । घटनाले अर्को मोड नलिए शेरबहादुर देउवा सभापतिको मैदानमा उत्रने छन् । उनले त्यसका लागि तयारी समेत गरिरहेका छन् ।

    नेपाली कांग्रेस संस्थापन पक्षबाट देउवा अगाडि बढ्ने भएपनि इतर समूहबाट उम्मेदवारको टुंगो लागिसकेको छैन । आकांक्षीहरु धेरै भएको र कोही पछि हट्न नचाहेबाट टुंगो नलागेको हो । तर, जिल्ला सभापतिको १६ जिल्लाबाहेकमा अधिवेशन भइसक्दा नेताहरु को कति शक्तिशाली भन्ने अनुमान लगभग आइसकेको छ ।

    पाटीको संस्थापन इतर समूहबाट काठमाडौं उपत्यकामा प्रकाशमान सिंहले र प्रदेश १ का मोरङ र सुनसरीमा प्रभाव बनाएबाट डा.शेखर कोइराला प्रभावशाली देखिएका छन् ।

    पाटीमा सहमति भएमा यी दुईमध्ये एकलाई सभापति छाड्न वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य सुजाता कोइराला तयार रहेको बुझिएको छ । यी दुईमा सहमति बनाउन नसके आफ्नो नाममा सहमति निकाल्न पौडेल र सुजाताले आग्रह गर्दै आएका छन् ।

    महामन्त्री डा. सशांक कोइराला पनि दाबेदार छन् । तर, उनीभन्दा पकडका हिसाबले कोइराला परिवारभित्र शेखर नै बलिया देखिएका छन् । संस्थापन इतर समूहबाट सम्भवतः प्रकाशमान सिंह र डा. शेखर कोइरालामध्येबाट एक सभापतिको मैदानमा अघि सर्ने सम्भावना बढेको छ । यी दुईले पावर सेयरिङ गर्ने प्रयास गरिरहेका छन् । त्यसका अलावा पौडेललाई सम्मानित स्थान दिने, डा. सशांक कोइराला, सुजाता कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी जस्ता हस्तीहरुको पनि व्यवस्थापनको प्रयास थालेका छन् ।

    नेता सिंहले आफू राजनीतिमा शेखरभन्दा सिनियर भएको र लामो अनुभव भएको तर्क राख्ने गरेका छन् । पार्टीको तल्लो इकाई हुँदै पहिलो निर्वाचित महामन्त्री भएको विषय पनि बलियो गरी राख्ने गरेका छन् । आफ्ना पिता गणेशमान सिंहले प्रधानमन्त्री पद त्यागेको स्मरण गराउँदै अब आफ्ना लागि पनि त्याग देखाउन भनिरहेका छन् ।

    डा. शेखर कोइरालाले पछिल्लो समय निकै सक्रिय रहेर देशभर पुगेको, कार्यकर्ताको भावना बुझेको, कोइराला परिवारका तीन नेतामध्ये पाको भएको विषय राख्ने गरेका छन् । आफू सबैका लागि स्वीकार्य हुने बताउने गरेका छन् ।

    सिंह र कोइरालाको आआफ्नै दाबी छ । अब यी दुईले पावर सेयरिङ गरेमा कुरा मिल्न सक्छ । कुनै एक नेता सभापतिका लागि अगाडि बढ्न सक्छ । तर, दुवै चुनावी मैदानमा गएमा भने देउवालाई जित सजिलो बन्ने सम्भावना बढ्छ । देशभरको नेपाली काँग्रेस अधिवेशनबाट यी दुई बलियो स्थितिमा आएपनि देउवाको हाराहारीमा छैनन् । दुई नेता मिलेर आफ्नो समूहबाट अरुको पनि साथ लिन सके देउवाका लागि कडा चुनौती दिने माहोल बन्न सक्छ । यसकारण पनि संस्थापन इतर समूह सिंह र कोइरालालाई मिलाउन दबाब बढाइरहेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...

    ब्याण्डेज हातले अर्काे कुटे, रिपोर्टर्स क्लबमा आफैं मार खाए

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका सहिद परिवारसँगै संस्थापक सुधन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन...

    सुधन गुरुङको खुलासा : “सचिवलाई थर्काएँ, राष्ट्रपति निवासको पानी समेत पिएन”

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङले शीतल निवासमा भएको आफ्नो अनुभव सार्वजनिक...

    मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार, श्रीमान बाँधिएको अवस्थामा घटना

    मकवानपुर, भदौ २९ – मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा दुई महिनाअघि सुत्केरी भएकी २४ वर्षीया महिलामाथि...

    मिडिया ट्रायल र असन्तुष्टि कारण सुमना श्रेष्ठको राजीनामा

    काठमाडौँ, भदौ २९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टीबाट अलग हुने निर्णय...