News Portal

बागलुङका मृगौला पीडित होमबहादुरको उपचार लागि १ लाख ७९ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण

हिमाली संचार संवाददाता
१७७९ पटक

कमल सिंह ठकुरी
काठमाडौं – बागलुङको गल्कोट नगरपालिका वडा नं ५ सर्दाखेतका होमबहादुर मल्ल(कुमार मल्ल)को उपचारका लागि १ लाख ७९ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।

दुवै मृगौला फेल भइ ६ महिना देखि काठमाडौं स्थित टिचिङ हस्पिटलमा उपचाररत बागलुङ जिल्ला गल्कोट नगरपालिका – ५ सर्दाखेतका स्थायी बासिन्दा लाल बहादुर मल्लको छोरा र शान्ति सिंह मल्लको श्रीमान ३८ बर्षिय होमबहादुर मल्ल(कुमार मल्ल)को परीवार आर्थिक अवस्था अत्यन्तै कमजोर भएको कारणले उपचार गर्न महगो शुल्क तिर्न नसक्ने भएपछि हिमाली संचार अनलाइनबाट समाचार प्रकाशित भएपछि दर्शन सेवा तथा ठकुरी सरक्षण समाज मुसिकोट गुल्मी, ठकुरी हेरिटेज काठमाडौं, ठकुरी सहयोग संजाल युएई, जापान, युके, गल्कोट, कतारका साथै अन्य देशबिदेशबाट प्राप्त सहयोग रकम सोमबार हस्तान्तरण गरिएको होमबहादुर बचाउ अभियानका प्रमुख अभियान्ता सुमेन्द्र सिंहले हिमाली संचार डटकमलाई जानकारी दिए।

उनको अप्रेसनको लागि करिब १२ लाख रुपैयाँ जम्मा गर्नपर्ने अस्पतालले जनाएको छ। आज सम्म जम्मा ११ लाख रकम उठेको थियोे तर औषधि खर्च मात्रै ३ लाख खर्च भईसकेकोले अझै ४ लाख भन्दा बढी नै रकम अपुग भएको कारणले अप्रेसनका लागि समस्या उत्पन्न भएको छ।

उनको जीवन रक्षाका लागी देश तथा बिदेशमा रहेका सबैसबै दयालु मनहरुमा प्रमुख अभियान्ता सिंहले सहयोगका लागि एन.एम.बि.बैंक बुटवल शाखा कार्यालयको होमबहादुर बचाउ अभियानका सहयोगी योग प्रसाद रिजाल र सुमेन्द्र सिंह ठकुरीको नाममा रहेको सयुक्त खाता नम्बर 03321500597050000001 मा रकम जम्मा गरेर सहयोग गरिदिन अनुरोध गरेका छन।

प्रमुख अभियान्ता सिंहले यस अभियानका अभियान्ताको भुमिका निभाईदिएर सहयोग गरेकोमा मेख बहादुर मल्ल ठकुरी र पदम सिंह लगाएत देश तथा बिदेशबाट सहयोग गरि होमबहादुर मल्लको जीवन बचाउ अभियानमा सहयोग गर्नुहुने सबैसबै दयालु मनहरु प्रति विशेष धन्यवाद दिदै आभार प्रकट गरे।

यो पनि पढनुहोस।

सहयोगको आशामा अस्पतालको शैयामा छटपटाइरहेका बागलुङका होमबहादुर मल्ल !

होमबहादुर मल्ल बचाउ अभियानमा जुट्यो ठकुरी सहयोग संजाल युएई !

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...