News Portal

  • बागलुङका मृगौला पीडित होमबहादुरको उपचार लागि १ लाख ७९ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण

    हिमाली संचार संवाददाता
    १७२७ पटक

    कमल सिंह ठकुरी
    काठमाडौं – बागलुङको गल्कोट नगरपालिका वडा नं ५ सर्दाखेतका होमबहादुर मल्ल(कुमार मल्ल)को उपचारका लागि १ लाख ७९ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।

    दुवै मृगौला फेल भइ ६ महिना देखि काठमाडौं स्थित टिचिङ हस्पिटलमा उपचाररत बागलुङ जिल्ला गल्कोट नगरपालिका – ५ सर्दाखेतका स्थायी बासिन्दा लाल बहादुर मल्लको छोरा र शान्ति सिंह मल्लको श्रीमान ३८ बर्षिय होमबहादुर मल्ल(कुमार मल्ल)को परीवार आर्थिक अवस्था अत्यन्तै कमजोर भएको कारणले उपचार गर्न महगो शुल्क तिर्न नसक्ने भएपछि हिमाली संचार अनलाइनबाट समाचार प्रकाशित भएपछि दर्शन सेवा तथा ठकुरी सरक्षण समाज मुसिकोट गुल्मी, ठकुरी हेरिटेज काठमाडौं, ठकुरी सहयोग संजाल युएई, जापान, युके, गल्कोट, कतारका साथै अन्य देशबिदेशबाट प्राप्त सहयोग रकम सोमबार हस्तान्तरण गरिएको होमबहादुर बचाउ अभियानका प्रमुख अभियान्ता सुमेन्द्र सिंहले हिमाली संचार डटकमलाई जानकारी दिए।

    उनको अप्रेसनको लागि करिब १२ लाख रुपैयाँ जम्मा गर्नपर्ने अस्पतालले जनाएको छ। आज सम्म जम्मा ११ लाख रकम उठेको थियोे तर औषधि खर्च मात्रै ३ लाख खर्च भईसकेकोले अझै ४ लाख भन्दा बढी नै रकम अपुग भएको कारणले अप्रेसनका लागि समस्या उत्पन्न भएको छ।

    उनको जीवन रक्षाका लागी देश तथा बिदेशमा रहेका सबैसबै दयालु मनहरुमा प्रमुख अभियान्ता सिंहले सहयोगका लागि एन.एम.बि.बैंक बुटवल शाखा कार्यालयको होमबहादुर बचाउ अभियानका सहयोगी योग प्रसाद रिजाल र सुमेन्द्र सिंह ठकुरीको नाममा रहेको सयुक्त खाता नम्बर 03321500597050000001 मा रकम जम्मा गरेर सहयोग गरिदिन अनुरोध गरेका छन।

    प्रमुख अभियान्ता सिंहले यस अभियानका अभियान्ताको भुमिका निभाईदिएर सहयोग गरेकोमा मेख बहादुर मल्ल ठकुरी र पदम सिंह लगाएत देश तथा बिदेशबाट सहयोग गरि होमबहादुर मल्लको जीवन बचाउ अभियानमा सहयोग गर्नुहुने सबैसबै दयालु मनहरु प्रति विशेष धन्यवाद दिदै आभार प्रकट गरे।

    यो पनि पढनुहोस।

    सहयोगको आशामा अस्पतालको शैयामा छटपटाइरहेका बागलुङका होमबहादुर मल्ल !

    होमबहादुर मल्ल बचाउ अभियानमा जुट्यो ठकुरी सहयोग संजाल युएई !

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...