News Portal

माधव समूहको भेलामा राधाकृष्ण मैनाली उपस्थित

हिमालीसंचार संवाददाता
४३८ पटक

काठमाडौँ – नेकपा एमालेको माधव नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्‍युनिस्ट नेता राधाकृष्ण मैनाली पनि उपस्थित भएका छन् ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेलामा पुराना कम्‍युनिस्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइरालासँगै मञ्‍चमा मैनाली पनि उपस्थित भएका हुन् ।

राधाकृष्ण मैनाली पुराना कम्युनिस्ट नेता हुन् । विस २०२८ सालमा झापा विद्रोहपछि १४ वर्ष जेलजीवन बिताएका मैनाली बहुदल आएसँगै विस २०४७ सालमा वाममोर्चाको कार्यवाहक अध्यक्ष चयन भएका थिए। 

एमालेमा रहँदा दुईपटक र एमाले विभाजनपछि मालेबाट एकपटक मन्त्रीसमेत बनेका मैनालीले राजा ज्ञानेन्द्रले गठन गरेको मन्त्रिपरिषदमा पनि शिक्षामन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए।

एमालेले कारबाही गरेपछि माओवादीमा प्रवेश गरेका उनी त्यहाँ सम्मानजनक स्थान नपाएको भन्‍दै केही महिनाअघि फेरि एमालेमै फर्किएका थिए ।

मैनालीले एमालेका तीन ठूला नेता अध्यक्ष केपी ओली तथा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपालको राजनीतिक जीवनलाई नजिकबाट नियालेका पुराना कम्युनिष्ट नेता हुन्। 

प्रतिकृया दिनुहोस्

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...