News Portal

कोरोनाबाट साउदी अरबमा ८९ नेपालीहरुको मृत्यु

हिमालीसंचार संवाददाता
५१६ पटक

रियाद – साउदी अरेबियामा कोरोना भाइरसबाट ८९ जना नेपालीको मृत्यु भएको छ। दुतावास रियादका अनुसार ७३ जना र वाणिज्य दुतावास जेद्धाका अनुसार १६ जना गरी अहीलेसम्म ८९ जनाको मृत्यु भएको हो। साउदीमा कोरोना भाइरसलगायत विभिन्न कारणले हालसम्म ३ सय ७४ जना नेपालीको मृत्यु भएको छ।

दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाका अनुसार मृत्यु २ सय ७० नेपालीका शवहरु पठाउनुको साथै १६ भन्दा बढी शव परिवारको सहमतिमा साउदीमा नै शनाखत गरिएको छ। बाँकी केही शव स्वदेश फिर्ता हुने क्रममा रहेका छन्। दुतावास रियादले मृत्यु भएका नेपालीका परिवारलाई साउन यता हालसम्म ४३ लाख रियल उपलब्ध गराएको छ।

वाणिज्य दुतावास जेद्धाका अनुसार मृतक नेपालीको शव पठाउन समस्या भएकाले हाल टर्की इस्तानबुल हुँदै नेपाल पठाएको छ। साउदी सरकारले कोरोना भाइरस विरूद्ध लगाइने भ्याक्सिन सरकारी अस्पतालसँगै प्राइभेट अस्पतालमा पनि व्यवस्था गरेको छ। आप्रवासी तथा साउदी नागरिक गरी हालसम्म १९ लाख ९२ हजारभन्दा बढी नागरिकले पहिलो चरणको भ्याक्सिन लगाउनुको साथै केही मात्रामा नेपालीले समेत भ्याक्सिनको प्रयोग गरिसकेका छन् भने बाँकी भ्याक्सिनको पर्खाइमा छन्।

साउदीमा कोरोना भाइरसलाई मध्यनजर गर्दै बन्द भएका नियमित उडान १७ मे २०२१ पछाडि खुल्ने भएको छ। सरकारले  कोरोना भाइरसलाई नियन्त्रणमा ल्याउन बिना माक्स घुमफिर गर्नेलाई १ हजार रियल जरिवानासमेत तोकेको छ। साउदीमा कोरोना नियन्त्रणसँगै नेपाली कामदारको माग पनि बढेको छ।

दुतावास रियादले २४ जनावरी २०२१ पछि हालसम्म २४ हजार बढी नेपालीको डिमाण्ड प्रमाणीकरण गर्नुको साथै वाणिज्य दुतावास जेद्धाले १ हजार २ सयको डिमाण्ड प्रमाणीकरण गरेको छ भने दुतावासले पासपोर्ट नवीकरण भइ आएकाको सुची सार्वजनिक गर्दै नियोगमा लिन अनुरोध समेत गरेको छ। साउदीका लागि नेपाली राजदुत महामहिम डा महेन्द्र राजपूत सिंहले कोरोना भाइरसलाई मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीलाई साउदी सरकारले लगाएको कानुनको पालना गरी सुरक्षित रूपमा काम गर्न सुझाव दिएका छन्।

अवैधानिक र वैधानिक रुपमा लगभग ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन्। कुटनैतिक स्तरमा साउदी सरकारसँग छलफल गरी नेपाली कामदारलाई योग्यता, सीप अनुसारको उच्च तलव र सुबिधासहित मेनपावर व्यवसायीसंग छलफल गरी आवश्यक डिमाण्ड थप गर्दै जाने जानकारी दिएका छन्।

नेपाली मागपत्र प्रमाणीकरण अनलाईन प्रकियाबाट सुरू गरिएकाले काममा केही समस्या देखिएता पनि कम्पनी र क्रमबद्ध आधारमा रोजगारदाताहरुबाट नयाँ मागपत्रको निवेदन प्रमाणीकरणमा गर्दै आइरहेको जानकारी दिएका छन्। साउदी सरकारले १४ मार्च २०२१ देखि साउदीमा कफाला सिस्टम हटाएको छ भने, सहजै रूपमा आवश्यकता अनुसार रोजगारदाता परिवर्तन गर्न पाउनेछ नियम लागु गरेको छ।

साउदीमा कार्यरत नेपालीलाई सहयोग र उद्धार गर्ने उदेश्यले भातृसंगठन र सामाजिक संघसंस्था खुलेका छन्। कतिपयले बिधान र उद्देश्य अनुरुप कार्य गरेको देखिन्छ भने कतिपयले पदको लोभमा संस्थालाई नै निजीकरण र राजनीतिकरण बनाएको देखिन्छ। कास्की समाज साउदी अरेबियाले कोरोना भाइरस तथा विभिन्न कारणले अलपत्र परेका ८० नेपालीलाई एक महिनाको लागि खाद्यान्य सहयोग गर्नुको साथै स्वदेश फिर्ताका लागि लामो समयदेखि दुतावास सेल्टरमा रहेका २ महिलालाई हवाई टिकट स्वरूप १ लाख १० हजार रूपैयाँ सहयोग गरेको छ।

अध्यक्षका अनुसार संस्थाले कास्की जिल्लामा रहेका अतिविपन्न वर्गका बालबालिका शिक्षाबाट वञ्चित हुनबाट रोक्नका लागि कास्की आदर्श अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालद्वारा स्थापित ‘कास्की आदर्श शैक्षिक अक्षयकोष’का लागि १ लाख ५० हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

हेल्प मधेसी साउदी अरेबियाले कोरोना महामारीमा साउदीमा कार्यरत अलपत्र परेका नेपालीलाई खाद्यान्य सहयोग अस्पतालमा उपचार्थ, स्वदेश फिर्ताका लागि हवाई टिकट, नेपालमा विभिन्न समस्यामा रहेका नेपालीलाई उद्दार स्वरुप हालसम्म ३ लाख ५० हजारभन्दा बढी नेपाली रूपैयाँ सहयोग गरेका छन्।

मगर संघ साउदी अरेबियाले रोल्पा थबाङ ३ मा रहेको श्री लुजा ओइबारी प्राथमिक विद्यालयमा अधयनरत विद्यार्थीलाई सहयोग स्वरुप ५० हजार र पिडीत सरजित लिम्बूलाई उपचार्थ ३० हजार नेपाली रूपैयाँ सहयोग गरेको छ। साउदीमा कोरोना भाइरसबाट हालसम्म ३ लाख ८२ हजार ५९ जना संक्रमित हुनुको साथै ६ हजार ५ सय ६३ जनाको मृत्यु भएको छ भने, ३ लाख ७२ हजार ४ सय ५६ जना निको भएका छन्। अन्नपूर्णपोष्टबाट

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...