News Portal

मानव इतिहास असंख्य घटनाहरुको खुला किताब

भेषराज ढकाल
७२४ पटक

केही दिनदेखि सामाजिक सन्जालमा मेरो बारेमा भाइरल भइरहेको समाचारको हेडलाईन पढेर मलाई सर्वप्रथम जोस व्हिडोनको भनाइ याद आयो। जो यस प्रकार छ। समाचार तपाइँलाई के भयो त्यो भन्नको लागि प्रकाशित गरिएको हैन, यो त कि भन्नेले तपाइँलाई के सुनाउन चाहान्छ वा भन्नेले सोच्छ तपाइँ के सुन्न चाहानुहुन्छ त्यसको लागि हो। बिना कुनै गृहकार्य र न्युनतम अनुसन्धान पनि नगरि छपाईएको जनमानसलाई अँध्यारोतर्फ धकेल्ने त्यो खेदजनक समाचारको संम्प्रेषण कर्ता मिडियाको नाम संजोगको कुरा उज्यालो नेटवर्क हो। यध्यपि सबै मिडिया र संचारकर्मी यस्ता छैनन्। यो कुरा नौलो पनि होईन।धेरै जसो एक दलिय व्यवस्था भएका देशहरु माथि निरन्तर आइलाग्ने आरोप हो मिडिया स्वतन्त्र नहुनु।

यो दृष्टिकोणलाई चुनौती दिँदै सन् १९८८ मा अमेरिकी लेखक नोम चोम्स्कीको सह-लेखनमा लेखिएको पुस्तक ‘फ्याब्रिकेटिङ कन्सेन्ट’ भन्ने पुस्तक पढेर कसरी स्वतन्त्र भनिने मिडियाले कुनै खास समुहको पूर्वाग्रह हाम्रो मष्तिस्कमा लादेर हाम्रो समाजलाई दुषित गरिरहेकोछ भन्ने बुझ्न सकिन्छ अथवा बाहिरबाट हेर्दा स्वच्छ र स्वतन्त्र देखिने मिडिया जति देखिन्छ त्यति छैन। यो दुर्भग्यपूर्ण तर सत्य हो।

मुलधारकै मिडियालाई पक्षधरताको आरोप लागिरहेको परिप्रक्षमा बर्खे च्याउ जस्तै अनियन्त्रित र अनिगिन्ति रुपमा उम्रिएका तथाकथित बिद्युतिय संचारमाध्यम; त्यसमा पनि अनलाइन पोर्टलहरु हदै सम्म बदनाम भएको कुरा यहाँ उल्लेख गर्नुपर्दा असाध्यै दुःख लागेको छ। राज्यको चौथो अंग यो स्तरको नैतिक दरिद्रताको हालतमा पुग्नु मेरो लागि मात्रै हैन; समग्र समाजको लागि भयावह कुरा हो।

उक्त समाचारको दोस्रो पक्ष पहिलो भन्दा झन पुरानो र आम रुपमा प्रचलित हतियार हो। जसको नाम हो चरित्र हत्या। आधुनिककालमा पश्चिमी देशमा सन् १९३० को आसपास देखा परे पनि पौराणिक कालमै ऋषिमुनिहरुको तेजोबध गर्न देवताहरुले छद्म भेष धारण गरी अनेक जालझेल गरेर नैतिक पतन गराएको प्रसंगहरु हामीले सुन्दै र पढ्दै आएका हौ। त्यस्तै चाहे कम्युनिष्टहरुले दिदीबहिनी केही भन्दैनन् भन्ने होस् वा बलात्कार र अपहरणको आरोप होस् वा नेपाली राजनैतिक बृतमा प्रयोग गरिने दलाल, गद्दार, लुटेरा, जस्ता शब्दहरु पनि यसैको एउटा कडी हो।

मानव इतिहास यस्ता असंख्य घटनाहरुको खुला किताब हो। सामाजिक, व्यक्तिगत, व्यवसायिक एवं राजनैतिक क्षेत्रमा आफ्नो प्रतिद्वन्दिलाई परास्त गर्ने यो जस्तो सस्तो र अचुक हतियार अरु कुनै सायदै होला। “ बारम्बार दोहोर्याएर झुटलाई सत्यमा बदल्न सकिन्छ” भन्ने एक शताब्दी भन्दा अगाडिबाट प्रचलित औजार आजको युगमा झनै ब्यापक रुपमा प्रयोग भईरहेका छ। तर म साथीहरुलाई के अनुरोध गर्न चाहान्छु भने हाम्रो समग्र समाजको, शिक्षा, ज्ञान र विवेकको स्तर समय संगै धेरै माथि पुगि सकेको छ। जुन प्रबिधीले केहीलाई सोफामा बसेर खोज पत्रकार बनाएको छ केहीलाई सजिलै छुद्र स्वार्थ सिद्ध गर्न मद्दत गरेको छ। त्यही साधनबाट नै यी कुराहरु कपोलकल्पित,भ्रामक,मित्थ्या र दूराग्रहपूर्ण रहेछन् भन्ने निमेषमै बुझिन्छ।

तसर्थ नयाँ तरिका अपनाउन सल्लाह दिन्छु। साथै म साथीहरुलाई मेरो बारेमा यति समय र सामर्थ्य खर्चिनु भएकोमा हार्दिक आभार प्रकट गर्न चाहान्छु र, अनुमान जस्ता कुराहरुमा समय बर्बाद नगरेर तत्थ्य सहित आउन चुनौति दिन्छु। आब्रहम लिंकनको यो कालजयी भनाइबाट यो सानो टिपोटको बिट मार्न चाहान्छु। “तपाइँले केही मान्छेहरुलाई सदाका लागि र सबै मान्छेहरुलाई केही समयको लागि मूर्ख बनाउन सक्नुहुन्छ तर तपाइँले सबै मान्छेलाई सदाको लागि मूर्ख बनाउन सक्नु हुन्न”।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...