News Portal

ओलीको सिमरा सम्बन्धी टिप्पणी हटाउन प्रेस काउन्सिलको निर्देशन

१९७ पटक

काठमाडौँ, मंसिर ११ – प्रेस काउन्सिल नेपालले सिमरा विमानस्थलमा भएको घटनाबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा टुक्रा–टुक्रामा प्रस्तुत गरिएको भन्दै केही फेसबुक पेजलाई सामग्री हटाउन वा सम्पादन गर्न निर्देशन दिएको छ।

काउन्सिलले ‘मेरो न्युज डटकम’ सहितका केही पेजहरूलाई पत्र पठाउँदै ओलिको वक्तव्यको उत्तेजक अंश मात्र काटेर रिल्समा राखिएको सामग्री आचारसंहिताविपरीत भएको टिप्पणी गरेको छ। काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालका अनुसार पूरै भाषण प्रसारण गर्नेलाई रोकिएको छैन, तर उत्तेजना फैलाउने हिस्सालाई छुट्टै क्लिप बनाएर प्रचार गर्नु गलत भएको काउन्सिलको निष्कर्ष छ।

काउन्सिलको पत्रमा ‘सिमरा घटनाबारे ओली’ शीर्षकमा प्रस्तुत गरिएको सामग्रीले अपूर्ण प्रसंगमार्फत हिंसा र तनाव बढाउन सक्ने संकेत भेटिएको उल्लेख छ। सोही कारण २४ घन्टाभित्र भिडियो हटाउन वा सम्पादन गरेर जानकारी दिन निर्देशन दिइएको छ।

ओलीले सिमरामा विमानस्थल बन्द भएको घटनालाई सरकारको कमजोरी भन्दै आफ्नो पार्टीमाथि आक्रमण भयो भने प्रतिकार गर्ने चेतावनी दिएका थिए। यही वक्तव्यको एक अंश मात्र काटेर पोस्ट गरिनु काउन्सिलले संवेदनशील ठानेको बुझिएको छ।

यस विषयमा प्रेस चौतारी नेपालले काउन्सिलको कदमप्रति आपत्ति जनाएको छ। अध्यक्ष गणेश पाण्डेले सार्वजनिक पदमा बसेका नेताका भनाइ प्रसारण गर्नु सञ्चार माध्यमको दायित्व भएको भन्दै काउन्सिलले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको टिप्पणी गरेका छन्।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...