News Portal

आजदेखि चलनचल्तीमा आयो १ सय रुपैयाँको नयाँ नोट

२२२ पटक

काठमाडौँ, मंसिर ११ – नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरको नयाँ नोट आजदेखि औपचारिक रूपमा बजारमा ल्याएको छ। पुरानै आकार र रङ जस्तै देखिने यो नोटमा सुरक्षात्मक विशेषता र पहिचान सहज हुने तत्व थपिएका छन्।

नोटको बायाँपट्टि सगरमाथाको स्पष्ट चित्र राखिएको छ भने दायाँपट्टि लालीगुराँसको पानी छाप छापिएको छ। बीच भागमा नेपालको चुच्चेनक्सासँगै अशोक स्तम्भ समावेश गरिएको छ, जसले नोटको पहिचानलाई अझ स्पष्ट बनाएको छ।

दृष्टिविहीनका लागि नोट छामेर चिन्न सकिने सुविधा पनि थपिएको छ। अशोक स्तम्भकै छेउमा उठेको कालो थोप्ला राखिएको छ, जसले स्पर्शमार्फत पहिचान गर्न सहयोग गर्छ। त्यस्तै बायाँतिर अण्डाकार भित्र मायादेवीको चित्र सिल्भर मेटालिक ओभरप्रिन्टमा देखिन्छ।

सुरक्षाका लागि नोटमा २ मिमी चौडाइको विशेष धागो प्रयोग गरिएको छ। यो धागो सीधा हेर्दा रातो देखिने र नोटलाई हल्का ढल्काउँदा हरियो देखिने बताइएको छ।

यस नयाँ नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत राखिएको छ। नोटको तल्लो भागमा नेपाली अंकमा ‘वि.सं. २०८१’ भनेर सिरिज नम्बर उल्लेख छ।

राष्ट्र बैंकका अनुसार नयाँ नोट आजदेखि देशभर चलनचल्तीमा आउनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...