News Portal

सहकारी ठगी प्रकरण : रवि लामिछाने र छविको मुद्दामा फेरि सुनुवाइ स्थगित

२८८ पटक

भैरहवा, मंसिर ११ – रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थासँग सम्बन्धित ठगी र संगठित अपराधको मुद्दामा आज पनि सुनुवाइ अघि बढ्न सकेन। यस प्रकरणका मुख्य प्रतिवादी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी, पूर्पक्षका लागि थुनामा रहेका छन्।

न्यायाधीश मिलन कुमार राई र सानु मैया डंगोलको इजलासमा तय गरिएको पेशीमा लामिछानेका कानुन व्यवसायीले स्थगितको निवेदन दिएका कारण सुनुवाइ फेरि रोकियो। यसअघि मंसिर ४ गते पनि कानुन व्यवसायीको निवेदनमा सुनुवाइ स्थगित भएको थियो।

उच्च अदालत तुलसीपुर बुटवल इजलासमा एउटै समयमा सुनुवाइ भइरहेको यस मुद्दामा दुवै प्रतिवादीलाई कुल १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो तोकिएको थियो। लामिछानेले आफ्नो भागको बिगो २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत मार्फत पेश गर्दा जिल्ला अदालतले रिहा नगरेको थियो।

जोशीले पनि आफ्नो बिगो जमानत पेश गरेका थिए। तर, दुवैको बिगो रकम पूर्णरूपमा निश्चित नभएकाले रिहा सम्भव नभएको अदालतको आदेशमा उल्लेख छ। लामिछाने नख्खु कारागारमा र जोशी भैरहवा कारागारमा थुनामा छन्। दुवैले थुना बाहिर रहेर मुद्दा लड्न उच्च अदालतमा निवेदन दिएका छन्।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...