News Portal

  • निर्वाचन आयोगले खोस्यो माधव नेपालको अध्यक्ष पद

    हिमालीसंचार संवाददाता
    ३६० पटक

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै पक्षलाई आधिकारिकता दिन निर्वाचन आयोगले अस्विकार गरेको छ। सो अस्विकार गरेपछि सबैभन्दा ठूलो चोट भने वरिष्ठ नेता माधवकुमार नेपाललाई परेको छ।

    प्रचण्ड–नेपाल समुहले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर तत्कालै नेता नेपाललाई अध्यक्ष बनाएको थियो। नेपाललाई अध्यक्ष बनाउन हतार गरेपनि आयोगले सो निर्णयले बैधानिकता नपाउने निर्णय सुनाईदिएपछि नेपालको अध्यक्ष पद पनि खोसिएको छ।

    आयोगका अनुसार नेता नेपाललाई अध्यक्षका रुपमा नचिन्ने बताएको छ। पुरानै विवरणहरु यथावत रहेको भनेपछि नेता नेपालको अध्यक्ष पद पनि एक महिनाभित्रै खोसिएको हो। तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएको थियो।

    नेकपा गठन भएदेखी नै अध्यक्ष हत्याउन नेपाल सक्रिय रहनु भएको थियो। पछिल्लो समय प्रचण्डको प्रधानमन्त्री बन्ने महत्वकांक्षा र नेता नेपालको अध्यक्ष बन्ने लालसा मिलेपछि नेकपा अनौपचारिक रुपमा विभाजन भएको थियो।

    दुई जनाको स्वार्थ मिलेपछि विधान विपरित ओलीलाई कारवाही गर्ने र आफु अध्यक्ष बन्ने सपना बोकेर नेता नेपालले पार्टी विभाजनमा लैजानु भएको थियो तर, आयोगको पछिल्लो निर्णयसँगै उहाका सपनामाथी ब्रजपात भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कक्षा १२ को नतिजा आजै सार्वजनिक हुने सम्भावना, परीक्षा बोर्डको बैठक सानोठिमीमा जारी

    काठमाडौं, साउन १९ – राष्ट्रिय परीक्षा बोर्ड अन्तिम चरणको तयारीमा जुटेको छ—कक्षा १२ को नतिजा...

    सिद्धबाबा सडकखण्डमा ठूला चट्टानसहितको पहिरो : राजमार्ग अवरुद्ध, उद्धार कार्यमा जोखिम

    रुपन्देही, साउन १९ – बुटवल–पाल्पा सडकखण्ड अन्तर्गतको सिद्धबाबा मन्दिर नजिकै आज दिउँसो परेको निरन्तर वर्षासँगै...

    कुलिङ पिरियड विवाद : दोषी को? कांग्रेस र एमालेबीच मत नजोडिँदा छानबिन समितिको निष्कर्ष अन्योलमा

    काठमाडौं, साउन १९ – संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा देखिएको गम्भीर त्रुटि अब केवल प्राविधिक...

    बोलबम यात्राको क्रममा सुन्दरीजलमा चिप्लिएर महिलाको मृत्यु

    काठमाडौं, साउन १९ – श्रावणको सोमबार, बोलबमको यात्रा गर्दै गर्दा राजधानीको सुन्दरीजलमा एक महिला श्रद्धालुले...

    बागमतीमा सरकार परिवर्तनको घडी : नयाँ मुख्यमन्त्री नियुक्तिका लागि २४ घण्टे समयसीमा

    काठमाडौं, साउन १९ – बागमती प्रदेशको सत्ता संरचना फेरबदलको चरणमा प्रवेश गरेको छ। मुख्यमन्त्री बहादुरसिंह...