News Portal

  • बोलबम यात्राको क्रममा सुन्दरीजलमा चिप्लिएर महिलाको मृत्यु

    १६७ पटक

    काठमाडौं, साउन १९ – श्रावणको सोमबार, बोलबमको यात्रा गर्दै गर्दा राजधानीको सुन्दरीजलमा एक महिला श्रद्धालुले ज्यान गुमाएकी छन्। चितवन स्थायी घर भई हाल कपनमा बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामी आइतबार राति बोलबम यात्राको क्रममा चिप्लिएर खोलामा खसेकी थिइन्।

    राति करिब १ बजेर ३५ मिनेट जाँदा, गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने सुन्दरीमाई मन्दिरतर्फ बोलबम हिँडिरहेकी धामी सन्तुलन गुमाएर खोलामा डुबेकी थिइन्। तत्कालै सेनाको विपद् व्यवस्थापन टोली र सुन्दरीजल प्रहरी प्रभागबाट उद्धार टोली परिचालित भई उनलाई पानीबाट निकालेका थिए।

    गम्भीर अवस्थामा भेटिएकी धामीलाई जोरपाटीस्थित नेपाल मेडिकल कलेज पुर्‍याइयो, तर उपचारका क्रममा उनको ज्यान जोगाउन सकिएन। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए।

    धामीसँगै हिँडिरहेकी अर्की एक महिला पनि चिप्लिएर घाइते भएकी छिन्, उनको हाल उपचार भइरहेको बताइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...