News Portal

बोलबम यात्राको क्रममा सुन्दरीजलमा चिप्लिएर महिलाको मृत्यु

२९४ पटक

काठमाडौं, साउन १९ – श्रावणको सोमबार, बोलबमको यात्रा गर्दै गर्दा राजधानीको सुन्दरीजलमा एक महिला श्रद्धालुले ज्यान गुमाएकी छन्। चितवन स्थायी घर भई हाल कपनमा बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामी आइतबार राति बोलबम यात्राको क्रममा चिप्लिएर खोलामा खसेकी थिइन्।

राति करिब १ बजेर ३५ मिनेट जाँदा, गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने सुन्दरीमाई मन्दिरतर्फ बोलबम हिँडिरहेकी धामी सन्तुलन गुमाएर खोलामा डुबेकी थिइन्। तत्कालै सेनाको विपद् व्यवस्थापन टोली र सुन्दरीजल प्रहरी प्रभागबाट उद्धार टोली परिचालित भई उनलाई पानीबाट निकालेका थिए।

गम्भीर अवस्थामा भेटिएकी धामीलाई जोरपाटीस्थित नेपाल मेडिकल कलेज पुर्‍याइयो, तर उपचारका क्रममा उनको ज्यान जोगाउन सकिएन। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए।

धामीसँगै हिँडिरहेकी अर्की एक महिला पनि चिप्लिएर घाइते भएकी छिन्, उनको हाल उपचार भइरहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...