News Portal

कक्षा १२ को नतिजा आजै सार्वजनिक हुने सम्भावना, परीक्षा बोर्डको बैठक सानोठिमीमा जारी

२२० पटक

काठमाडौं, साउन १९ – राष्ट्रिय परीक्षा बोर्ड अन्तिम चरणको तयारीमा जुटेको छ—कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारीसहित बोर्ड बैठक सानोठिमीस्थित केन्द्रीय कार्यालयमा जारी छ। बोर्ड अध्यक्ष महाश्रम शर्माले बैठक सम्पन्न भएलगत्तै नतिजा प्रकाशित गरिने बताएका छन्।

यस वर्षको कक्षा १२ को परीक्षा गत वैशाख महिनामा सञ्चालन भएको थियो। कुल ५ हजार २०२ विद्यालयबाट ५ लाख ११ हजार परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ३ लाख ९५ हजार नियमित र १ लाख १५ हजार आंशिक परीक्षार्थी रहेका छन्।

शिक्षकहरूले वैशाखको पहिलो साता आन्दोलन थालेपछि परीक्षा तालिकामा असर परेको थियो। वैशाख ११ गतेदेखि सुरु हुने भनिएको परीक्षा १० दिनपछि मात्र सञ्चालन गर्न सकिएको थियो। सोही कारणले नतिजा प्रकाशनको प्रक्रिया पनि केही पछाडि धकेलिएको बोर्ड स्रोतको भनाइ छ।

यतिबेला बोर्डको बैठक निर्णायक मोडमा पुगेको छ। यदि आजको बैठकमा सबै प्राविधिक पक्षहरू टुंगो लागेमा, आजै साँझभित्र नतिजा सार्वजनिक हुने संभावना बलियो छ।

विद्यार्थीहरूले नतिजा बोर्डको आधिकारिक वेबसाइट, एसएमएस सेवा तथा मोबाइल एपमार्फत् हेर्न सक्ने छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...