News Portal

पूर्वगठबन्धनकै घेरामा नेपाल : “ओलीको प्रतिशोधकै नालीबेलीमा ममाथि मुद्दा लगाइयो”

२४६ पटक

विराटनगर, साउन १६ – राजनीतिक विवेक र सत्ता स्वार्थबीचको द्वन्द्व फेरि सतहमा आएको छ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि लगाइएको मुद्दालाई सत्ता पक्षको पूर्वाग्रह र प्रतिशोधको परिणति भनेका छन्।

कोशी प्रदेश समिति बैठकमा सहभागी हुन विराटनगर आइपुगेका नेता नेपालले शुक्रबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै स्पष्ट शब्दमा भने— “यो भ्रष्टाचारको मुद्दा नै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णय थियो। मैले सरकारलाई एक पैसा पनि नोक्सानी गरेको छैन। यो त ओलीको दम्भ र पूर्वाग्रही मनस्थितिको प्रतिफल हो।”

पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि तीव्र आक्षेप लगाउँदै भने— “ओली अहिले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा लागेका छन्। उनको अहंकार, घमण्ड र सत्ता लालसाले देशको मूल प्रवाहलाई नै अवरुद्ध बनाइरहेको छ।”

संविधानले पूर्वराष्ट्रपतिहरू वा उपराष्ट्रपतिहरूको सक्रिय राजनीतिमा सहभागिता निषेध नगरेको कुरामा समेत नेपालले जोड दिए। उनका अनुसार— “राजनीति कुनै वर्ग विशेषको एकाधिकार होइन। संविधानले अवसर दिएको छ भने त्यो प्रयोग हुनैपर्छ।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...