News Portal

ठमेल दोहोरी साँझ झगडा : क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि दुई दिनको प्रहरी म्याद थप

२६२ पटक

काठमाडौं, साउन १८ – ठमेलको रात्री जीवनमा फेरि एकपटक झगडा र गिरफ्तारीको अध्याय खुलेको छ । ठमेलस्थित नगरकोट दोहोरी साँझमा केही दिनअघि भएको झगडासँग जोडिएर क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि अभद्र व्यवहारको आरोपमा प्रहरीले थप अनुसन्धानका लागि दुई दिनको म्याद थप गरेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार, नुवाकोटको सूर्यगढी गाउँपालिका–१ निवासी ३७ वर्षीय गुरुङलाई शनिबार पक्राउ गरिएको थियो । उनीमाथि लागेको अभियोगको अनुसन्धान थप गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबारदेखि लागू हुने गरी दुई दिनको म्याद थप गर्ने आदेश दिएको हो ।

साउन १४ गते ठमेलको नगरकोट दोहोरी साँझमा भएको झगडा दुई पुराना प्रतिद्वन्द्वी समूहबीच भएको पुष्टि भएको छ । ‘सानुभाइ’ भनिने युवराज गुरुङको समूह र क्लब सञ्चालक राजेन्द्र गुरुङ पक्षबीच झगडा हुँदा अवस्था तनावग्रस्त बनेको थियो ।

घटनापछि प्रहरी वृत्त सोह्रखुट्टेबाट तत्कालै दुई पक्षका तीन जना व्यक्तिहरू पक्राउ परेका थिए । प्रहरीले दिएको जानकारीअनुसार, क्लब सञ्चालक गुरुङले नै प्रहरीलाई खबर गरेका थिए, जसको आधारमा सानुभाइसहित दिलकुमार तुम्बापो र रवीन्द्र गुरुङ पक्राउमा परेका थिए ।

यसअघि पनि यी दुई समूहबीच आपसी विवाद देखिइसकेको थियो । २०८० साल असार १५ गते क्लब ओम्नियामै सानुभाइ समूहले राजेन्द्र गुरुङमाथि आक्रमण गरेको थियो । त्यसबेला पनि सानुभाइ पक्राउ परेका थिए तर धरौटीमा छुटेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...