News Portal

सिद्धबाबा सडकखण्डमा ठूला चट्टानसहितको पहिरो : राजमार्ग अवरुद्ध, उद्धार कार्यमा जोखिम

२६६ पटक

रुपन्देही, साउन १९ – बुटवल–पाल्पा सडकखण्ड अन्तर्गतको सिद्धबाबा मन्दिर नजिकै आज दिउँसो परेको निरन्तर वर्षासँगै ठूलो पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय दोभानका अनुसार कम्तीमा तीन स्थानमा माटो र ठूला चट्टानसहितको पहिरो खसेपछि दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो।

घटनापछि सडकको दुवै छेउमा सवारी साधनहरू बीचमै रोकिएका छन्। यात्रुहरू घण्टौँसम्म अलपत्र परेका छन् भने जोखिमकै कारण उद्धार तथा सरसफाइ कार्य अघि बढ्न सकेको छैन। डोजर चलाउन खोज्दा पनि पहिरोमा लगातार चट्टान झरिरहेको हुँदा सुरक्षाको सवालमा चुनौती थपिएको प्रहरी स्रोतले जनाएको छ।

सिद्धबाबा क्षेत्र विगत केही वर्षदेखि वर्षायामको बेलामा निरन्तर पहिरोले पिडित हुँदै आएको संवेदनशील भू–भाग हो। यस जोखिमलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सरकारले यहाँ सुरुङमार्ग निर्माणको काम अघि बढाएको छ। तर निर्माण कार्य अझै अपुरो छ र सडकमा पुनः पहिरो जाँदा निर्माण कार्यमै असर पर्न सक्ने देखिएको छ।

प्रहरी प्रशासनले यात्रुहरूलाई अत्यावश्यक काम बाहेक उक्त खण्डमा यात्रा नगर्न र वैकल्पिक मार्ग अपनाउन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...