News Portal

बागमतीमा सरकार परिवर्तनको घडी : नयाँ मुख्यमन्त्री नियुक्तिका लागि २४ घण्टे समयसीमा

१७० पटक

काठमाडौं, साउन १९ – बागमती प्रदेशको सत्ता संरचना फेरबदलको चरणमा प्रवेश गरेको छ। मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामासँगै प्रदेश सरकार नेतृत्व विहीन बनेपछि नयाँ सरकार गठनका लागि अधिकारिक प्रक्रिया सुरु भएको छ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि २४ घण्टाभित्र दाबी पेश गर्न आह्वान गरेका छन्। उनका प्रवक्ता देवेन्द्र सापकोटाले दिएको जानकारीअनुसार इच्छुक प्रदेशसभा सदस्यहरूले मंगलबार दिउँसो २ बजेसम्म लिखित रूपमा मुख्यमन्त्री पदको दाबी पेश गर्न सक्नेछन्।

संविधानको धारा ६८ को उपधारा (२) अनुसार प्रदेशसभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सकिने प्रावधान छ। सोही आधारमा प्रदेश प्रमुख कार्यालयले आधिकारिक सूचना जारी गर्दै समयसीमा तोकेको हो।

साउन १८ गते साँझ मुख्यमन्त्री लामाले स्वकीय सचिवमार्फत राजीनामा पत्र बुझाएपछि आज प्रदेश प्रमुख कार्यालयमा औपचारिक रूपमा उनको राजीनामा दर्ता भएको थियो। त्यसपछि रिक्त पद पूर्तिका लागि दाबी माग गरिएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...