News Portal

बागमतीमा सरकार परिवर्तनको घडी : नयाँ मुख्यमन्त्री नियुक्तिका लागि २४ घण्टे समयसीमा

३०५ पटक

काठमाडौं, साउन १९ – बागमती प्रदेशको सत्ता संरचना फेरबदलको चरणमा प्रवेश गरेको छ। मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामासँगै प्रदेश सरकार नेतृत्व विहीन बनेपछि नयाँ सरकार गठनका लागि अधिकारिक प्रक्रिया सुरु भएको छ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि २४ घण्टाभित्र दाबी पेश गर्न आह्वान गरेका छन्। उनका प्रवक्ता देवेन्द्र सापकोटाले दिएको जानकारीअनुसार इच्छुक प्रदेशसभा सदस्यहरूले मंगलबार दिउँसो २ बजेसम्म लिखित रूपमा मुख्यमन्त्री पदको दाबी पेश गर्न सक्नेछन्।

संविधानको धारा ६८ को उपधारा (२) अनुसार प्रदेशसभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सकिने प्रावधान छ। सोही आधारमा प्रदेश प्रमुख कार्यालयले आधिकारिक सूचना जारी गर्दै समयसीमा तोकेको हो।

साउन १८ गते साँझ मुख्यमन्त्री लामाले स्वकीय सचिवमार्फत राजीनामा पत्र बुझाएपछि आज प्रदेश प्रमुख कार्यालयमा औपचारिक रूपमा उनको राजीनामा दर्ता भएको थियो। त्यसपछि रिक्त पद पूर्तिका लागि दाबी माग गरिएको हो।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...