News Portal

  • विशाल भट्टराईको पालिकामा नेकपामा पहिरो, सयौ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ५६० पटक

    खोटाङ – खोटाङ जिल्लामा नेपाली कांग्रेस युवा नेता रविप्रकाश राईले १ सय जना युवा नेकपा परित्याग गरेकालाई नेपाली कांग्रेस प्रवेश गराएका छन।

    नेपाली कांग्रेस केन्द्रिय सर्कुलर अनुसार देशव्यापी वडाहरुमा आयोजित वडा स्तरिय विरोध कार्यक्रमको अवसर पारेर खोटेहाङ गाउपालिका वडा नं १ लिकुवापोखरी साथै वडा नं ३ सावाकटहरेमा नेपाली कांग्रेसका युवा नेता एवम् महासमिति सदस्य रविप्रकाश राईले अबिर र खादा ओढाएर नेकपाका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन। युवा नेता राईले सावा कटहरेमा ५५ जना साथै लिकुवापोखरिमा ४५ जनालाई पार्टीमा प्रवेश गराएका हुन।

    खोटाङ जिल्लामा नेकपाको गढका रुपमा चिनिएका वडाहरुबाट नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका कारण नेकपालाई ठूलो धक्का पुगेको छ। पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशिहरुलाई स्वागत गर्दै युवा नेता राईले, कम्युनिष्टहरु कहिलै पनि विकास र जनताको समुन्नत विकासका पक्षमा नरहेको र यसको प्रमाण जनताले झण्डै दुई तिहाई मत दिएर पुर्ण विश्वासका साथ नेकपालाई निर्वाचित गराउदा समेत कम्युनिष्टहरु सत्ताको खेलमा सति गएको धटनाले पुष्टि गर्ने बताए। जनता कोरोनाको पिडाले आक्रान्त हुदा कोरोना भाइरसको रोकथाममा आवश्यक किटहरुमा समेत भ्रष्टाचार गरेका कारण नेपालका कम्युनिष्टले कात्रोमा समेत भ्रस्टाचार गर्ने निती राखेको युवा नेता राईले बताए। 

    नेता राईले थपे, “कम्युनिष्टलाई जनताले ऐतिहासिक अवसर दिएको तर उक्त अवसरलाई कम्युनिष्टहरुले वालुवामा पानी हाले सरह अर्थहिन मुल्यांकन गरेका छन।  नेपाली जनताको विकास र समृद्धिको सहयात्री केवल नेपाली कांग्रेस मात्र भएको कम्युनिष्टहरुले फेरि एकपटक पुष्टि गरिसकेका छन।”

    नवप्रवेशीहरुलाई ढाडस दिदै नेता राईले, यो देश विकासको यात्रामा कांग्रेसको मुल बाटोमा समाहित हुँदै समुन्नत नेपाल निर्माणको अभियानमा जोडिएकामा शुभकामना दिदै नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरे। 

    सभामा उपस्थित सम्पुर्ण पार्टीका नेता कार्यकर्ताहरुलाई समेत धन्यवाद व्यक्त गर्दै नेता राईले देश विकासको कांग्रेसको सपना साकार गर्न आफू नेतृत्व दिन तयार रहेको समेत सभामा जानकारी गराए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गैरसरकारी संस्थाको खर्च सीमा तोक्ने विधेयकमा गृह मन्त्रालयले माग्यो राय

    काठमाडौं, भदौ  ४ – गैरसरकारी संस्थाको खर्च व्यवस्थापनलाई पारदर्शी र उत्तरदायी बनाउन सरकार अघि बढेको...

    मनमैजुमा लाखौँ मूल्यका गहना र नगद चोरी

    काठमाडौँ, भदौ ४ – राजधानीको तार्केश्वर नगरपालिका–९ मनमैजुस्थित मनमैजुमा मंगलबार दिउँसो ठूलो चोरीको घटना घटेको...

    आज २०८२ साल भदौ ४ गतेको राशिफल

    आज भदौ ४, २०८२ (अगस्त २०, २०२५) को राशिफल  मेष (चु, चे, चो, ला, लि,...

    जनता क्याम्पस रंगेलीले छात्र–छात्राहरुलाई सम्मान गर्‍यो

    रविन्द्र बराल/ मोरङ, भदौ ३ – मोरङको रंगेली नगरपालिका–७ मा २०४४ सालमा स्थापना भएको जनता...

    असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य – यातायात विभागको सूचना

    काठमाडौं, भदौ ३ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले असोज १...