News Portal

गैरसरकारी संस्थाको खर्च सीमा तोक्ने विधेयकमा गृह मन्त्रालयले माग्यो राय

१९४ पटक

काठमाडौं, भदौ  ४ – गैरसरकारी संस्थाको खर्च व्यवस्थापनलाई पारदर्शी र उत्तरदायी बनाउन सरकार अघि बढेको छ। यसअन्तर्गत गृह मन्त्रालयले “संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्ने विधेयक” सार्वजनिक गर्दै सर्वसाधारणबाट राय–सुझाव माग गरेको हो।

विधेयकमा विशेष प्रावधानस्वरूप नेपालमा कार्यक्रम वा परियोजना सञ्चालन गर्ने कुनै पनि विदेशी वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आफ्नो कुल बजेटको अधिकतम २० प्रतिशत मात्र प्रशासनिक खर्चमा प्रयोग गर्न पाउने उल्लेख गरिएको छ। त्यस्तै, सो खर्चसम्बन्धी प्रतिवेदन संघीय पञ्जिकाधिकारी, सम्बन्धित विभाग तथा तोकिएका निकायमा अनिवार्य बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

कुल ७५ दफामा समेटिएको यो विधेयक ऐनमा परिणत भएमा हाल प्रचलनमा रहेका तीन अलग ऐन—राष्ट्रिय निर्देशन ऐन, २०१८; संस्था दर्ता ऐन, २०३४; र समाज कल्याण परिषद् ऐन, २०४९—खारेज हुनेछन्। नयाँ ऐनले संस्थाहरूको दर्ता, नियमन र व्यवस्थापनलाई एकीकृत गर्दै गैरसरकारी गतिविधि नागरिक अधिकारको संरक्षण, सामाजिक तथा पर्यावरणीय विकास, र राष्ट्रिय समृद्धिमा योगदान गर्ने खालको बनाइने गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सर्वसाधारणबाट प्राप्त सुझावलाई आधार मानेर आवश्यक संशोधन गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयको रायसहित मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ। मन्त्रिपरिषद्को स्वीकृति र संसद्को अनुमोदनपछि राष्ट्रपतिबाट प्रमाणीकरण भई विधेयक ऐनमा परिणत हुनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...