News Portal

नख्खु कारागारमा रहेका रवि लामिछानेको स्वास्थ्य परीक्षणमा भिटामिन ‘डी’को कमी

४३८ पटक

काठमाडौं, भदौ ३ – रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्य परीक्षणका क्रममा भिटामिन ‘डी’को कमी देखिएको छ। सोमबार स्वास्थ्यमा असुविधा देखिएपछि उनलाई रगत परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो।

ट्रमा सेन्टरका डा. जितेन्द्र यादवसहितको टोली नख्खु कारागारमै पुगेर रगतको नमुना संकलन गरेको थियो। परीक्षण रिपोर्ट अनुसार लामिछानेमा अन्य गम्भीर समस्या नभए पनि भिटामिन ‘डी’को स्तर आवश्यक भन्दा कम रहेको पुष्टि भएको छ।

अस्पताल स्रोतका अनुसार खानपानमा असन्तुलन हुनु वा पर्याप्त घाममा नबस्नु यसको मुख्य कारण हुनसक्छ। चिकित्सकहरू मंगलबारै नख्खु कारागार पुगेर उनलाई स्वास्थ्य परामर्श दिने तयारीमा छन्।

स्वास्थ्य विज्ञहरूको भनाइमा भिटामिन ‘डी’को कमीले हड्डी कमजोर बनाउने मात्र होइन, शरीरको रोग प्रतिरोधात्मक क्षमता घटाउने जोखिम पनि बढाउँछ। यसैगरी, यसको अभावले हातखुट्टा झम्झमाउने, असामान्य थकाइ र कपाल झर्ने जस्ता लक्षणहरू देखापर्न सक्ने सम्भावना रहन्छ।

लामिछानेलाई केही दिनअघि मात्र भैरहवा कारागारबाट स्थानान्तरण गरी नख्खु कारागार ल्याइएको हो। हाल उनी करिब चार सय कैदीबन्दी रहेको एक ब्लकमा बसिरहेका छन्।

 

प्रतिकृया दिनुहोस्

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...