News Portal

जनता क्याम्पस रंगेलीले छात्र–छात्राहरुलाई सम्मान गर्‍यो

२९५ पटक

रविन्द्र बराल/ मोरङ, भदौ ३ – मोरङको रंगेली नगरपालिका–७ मा २०४४ सालमा स्थापना भएको जनता क्याम्पस रंगेलीले आफ्ना विधार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ। २०८१ सालमा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ ७३ जनामध्ये ३९ जना उत्तीर्ण भएका छन् भने आंशिकतर्फबाट २५ जना सफल भएका छन्।

सामुदायिक रुपमा सञ्चालन हुँदै आएको यो क्याम्पसमा स्नातक तहमा शिक्षा र व्यवस्थापन संकायको समेत पठनपाठन भइरहेको छ। विगत लामो समयदेखि यस भेगका धेरै विद्यार्थीहरूले आफ्नै घर–परिवारसँग बसेर सस्तो र गुणस्तरीय शिक्षा प्राप्त गर्दै आएका छन्। कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि स्नातक तहमा शिक्षा र व्यवस्थापन (कमर्स) अध्ययन गर्न यो क्याम्पस विद्यार्थीहरूको रोजाइ बन्दै गएको छ।

परीक्षामा उत्तीर्ण भएका छात्र–छात्राहरुलाई क्याम्पसले आयोजित विशेष कार्यक्रममा दोसल्ला र मायाको चिनो दिएर सम्मान गरेको थियो। कार्यक्रममा समितिका अध्यक्ष गोपालमान राज भण्डारी, सदस्य सन्तोष साह, रामनारायण मण्डल, पूर्व–प्राचार्य लोचन खतिवडा, क्याम्पस प्रमुख सुरेन्द्र बस्नेत, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा प्राध्यापकहरूले विद्यार्थीहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।

विद्यार्थीलाई सम्मान गर्दै पूर्व–प्राचार्य खतिवडाले आफू प्राचार्य हुँदा विद्यार्थीलाई यसरी सम्मान गर्न नसकेको स्मरण गर्दै अहिले यसरी सम्मान गर्न पाउँदा गर्व लागेको बताए।

जनता क्याम्पस रंगेली नहुएको भए यस क्षेत्रका गरीब तथा अतिविपन्न परिवारका छोराछोरी तथा बुहारीहरूले आज उच्च शिक्षा लिने अवसर पाउने थिएनन् भन्ने कुरा सहभागीहरूले व्यक्त गरे।

सन् २०६१ मा यस क्याम्पसकै विद्यार्थी सालिनी अग्रवालले नेपाल प्रथम र अश्विन दुगडले प्रदेश स्तरमै टप गरेर ऐतिहासिक उपलब्धि हासिल गरेका थिए।

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...