News Portal

मनमैजुमा लाखौँ मूल्यका गहना र नगद चोरी

१७० पटक

काठमाडौँ, भदौ ४ – राजधानीको तार्केश्वर नगरपालिका–९ मनमैजुस्थित मनमैजुमा मंगलबार दिउँसो ठूलो चोरीको घटना घटेको छ। नर्थपोल स्कुल नजिकै रहेको एक ६० वर्षीय पुरुषको डेराबाट ताला फोडी नगद तथा सुनका गहना चोरी भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार चोरीमा करिब ९ लाख २० हजार बराबरको सम्पत्ति हराएको छ। उक्त डेराबाट २ लाख ३० हजार रुपैयाँ नगदसहित सुनका गहना चोरिएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ।

घरमा कोही नभएको अवसरमा अज्ञात व्यक्तिहरूले दराज फोडी सम्पत्ति लैजाने काम गरेका थिए। घटनापछि चोर फरार भएका छन्। हाल प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न खोजी कार्य अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...