News Portal

बालुवाटार बैठकमा उपसभामुख रानाको पदमुक्ति: प्रधानमन्त्रीको प्रस्ताव, कांग्रेसको सहमति

३२८ पटक

काठमाडौं, भदौ ३ – प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठक भएको छ। बैठकको मुख्य विषय उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्ने प्रस्ताव रहेको स्रोतहरूले बताएका छन्। सामाजिक सञ्जाल विधेयकमाथि छोटो छलफल भए पनि बैठकमा सबैको ध्यान उपसभामुख रानाको भविष्यतर्फ केन्द्रित थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा भनेका थिए कि रास्वपाका सांसदहरूले मानव तस्करीको मुद्दामा संसद्‌मा निरन्तर आवाज उठाइरहेका छन्। “मानव तस्कर उनीहरुकै पार्टीभित्र छन्, उपसभामुख भएर बसेका छन्। अब प्रक्रिया अघि बढाउनुपर्छ,” प्रधानमन्त्री ओलीले स्रोतको उद्धृत गर्दै भनेका छन्।

कांग्रेसले पनि उपसभामुख रानाको पदमुक्तिमा सहमति जनाएको छ। बैठकमा दुवै दलका नेताहरू तथा महान्यायाधिवक्तालाई समेत राखिएको थियो। कांग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखकसँगको भिजिट भिसा विवादले रास्वपाले कारबाहीको माग गर्दै आएका थिए, जसले सहमतिमा मद्दत गरेको बताइएको छ।

जानकारका अनुसार प्रधानमन्त्री ओली केही समयदेखि उपसभामुख रानालाई पदमुक्त गर्न चाहँदै आएका थिए। तर पूर्वमा कांग्रेस सभापति शेरबहादुर देउवाले बारम्बार सहमति नदिएकाले प्रक्रिया ढिला भएको थियो। सर्वोच्च अदालतमा ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दा विचाराधीन रहेकाले तत्काल संवैधानिक परिषद्को बैठक राखिएको थिएन।

बैठकपछि दुवै दलले सांसदहरूलाई मंगलबार ११ बजे संसदीय दलको कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन्। अब उपसभामुख रानाको पदमुक्ति प्रक्रियामा थप गति आउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...