News Portal

  • बामदेव गौतमका १२० बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, बर्दिया कांग्रेसद्वारा भव्य स्वागत

    हिमालीसंचार संवाददाता
    १०७१ पटक

    बर्दिया – बर्दिया जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १ सय २२ जना बर्दिया जिल्लाका नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। गेरुवा गाउँपालिका– १ मा शुक्रबार आयोजित प्रथम वडास्तरीय कांग्रेसको भेलामा नेकपाका स्थानीय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको बर्दिया कांग्रेसका युवा नेता मीनराज चौधरीले जानकारी दिए।

    नेपाली कांग्रेस गुरुवा– ३ वडा सभापति यमबहादुर थापाको अध्यक्षतामा सम्पन्न भेलाका प्रमुख अतिथि तथा केन्द्रीय सदस्य डा.गोपाल दहित, विशिष्ट अतिथि बर्दिया कांग्रेसका सभापति एवम् प्रतिनिधि सभाका सांसद सञ्जयकुमार गौतमलगायतका नेताहरूले नेकपाका नेता कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका हुन्। डा.दहित, सभापति गौतमसहितका नेताहरूले नवप्रवेशीहरूलाई पार्टीमा प्रवेश गराएका थिए।

    नेकपा परित्याग गरि कांग्रेस प्रवेश गर्नेमा जनकनगरका मेवालाल चौधरी, डाक्टर थारु (रमेश), रामकुमार चौधरी (मुक्तिपुर)लगायत २ दर्जन स्थानीय नेता कार्यकर्ता रहेका छन्।

    माओवादीको तात्कालीन जनसेनासमेत रहेका सरखोलका करम चौधरी, नेकपाका शहीद परिवारका सदस्य रमेश थारु, फूलकुमारी थारुको नेतृत्वमा ३ दर्जन नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेसका युवा नेता चौधरीले जानकारी दिएका छन्।

    प्रतिनिधि सभाका उम्मेदवार थापापुरका धनबहादुर कामी, नेकपाका बर्दियाका नेता हर्क रावलको नेतृत्वमा ४ दर्जन नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्। नेकपा परित्याग गरी बगहीपुरका दिनेश शर्माको नेतृत्वमा २ दर्जन र भठेराबाट मानवीर चौधरीसहित १२२ जना नेकपाका स्थानीय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन्।

    कार्यक्रममा नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य एवम् पूर्वजिल्ला सभापति अरुणप्रकाश सिंह राठौर, क्षेत्रीय सभापति दीपकजंग शाह, गेरुवा गाउँपालिकाका अध्यक्ष एवम् कांग्रेसको महासमिति सदस्य जमानसिंह केसी, गेरुवा गाउँपालिकाकी उपाध्यक्ष एवम् कांग्रेसको महासमिति सदस्य हेमकुमारी चौधरी, महसमिति सदस्य एवम् युवा नेता मीनराज चौधरीलगायतले नवप्रवेशहरूलाई स्वागत गर्नुका साथै समसामयिक विषयमा धारणा राखेका थिए।

    भेलामा महासमिति सदस्यहरू प्रेम गुरुङ, विजयदत्त देवकोटा, पार्टीका शिक्षा विभागका केन्द्रीय सदस्य कुमार बजगाइँ, गेरुवाका पार्टी सभापति दरवालीलाल चौधरी, साविक पाताभारका सभापति प्रेम रावल, राजु बढुवाल खत्रीलगायतको पनि उपस्थिति रहेको थियो।

    भेलामा ५ दर्जनभन्दा धेरै नेपाली कांग्रेसका ज्येष्ठ नागरिकहरूलाई खादा लगाइदिएर सम्मान गरिएको छ। कार्यक्रममा सहभागीहरूलाई बर्दियाका थारु समुदायको नृत्य प्रस्तुत गरिएको थियो।

    नेकपाका उपाध्यक्ष एवम् राष्ट्रिय सभाका मनोनीत सांसद बामदेव गौतमको गृहजिल्ला बर्दियामा उनकै नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन्। बामदेव गौतमलाई कांग्रेसका सञ्जयकुमार गौतमले प्रतिनिधि सभाको निर्वाचनमा नराम्रोसँग पराजित गरेका थिए।

    प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेससँग पराजित भएपछि पटकपटकको कठोर प्रयासबाट राष्ट्रिय सभाको मनोनीत सांसद बनेका गौतमले काठमाडौंमा उपप्रधानमन्त्रीसहित राम्रो मन्त्रालयको जिम्मेवारी खोजीरहेका बेला गृहजिल्ला बर्दियामा भने उनका नेता कार्यकर्ताहरू पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा विषाक्त मदिरा घटनाका पीडितबाट अंगदान, धेरैको जीवन बच्यो

    काठमाडौं, भदौ १७ – कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका पीडितहरूका अंग संकलन गरी...

    गोंगबुमा ७७ वर्षीय वृद्ध करिब ४ करोडसहित पक्राउ

    काठमाडौं, भदौ १७ – काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट ७७ वर्षीय विनोदकुमार श्रेष्ठ करिब चार...

    रुपन्देही–३ मा राप्रपाले प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छान्ने

    काठमाडौं, भदौ १७ – रुपन्देही–३ को आगामी उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्तरिक...

    आईरन पानी खानुपर्ने र कक्षामा पंखा नहुदा किताब कापीले हम्केर पढ्नुपर्ने बाध्यता कहिले सम्म?

    रबिन्द्र बराल/ मोरङ, भदौ १७ – मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २ स्थित डोरिया आधारभूत विद्यालयका...

    सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्धको रिटको पूर्ण सुनुवाइ हुने

    काठमाडौं, भदौ १७ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको वैधतामाथि उठाइएको रिटलाई...