News Portal

  • गोठबाटै दैनिक साढे ३ सय लिटर भैसीको दुध बिक्री गर्छन कंडेल दाजुभाई

    हिमालीसंचार संवाददाता
    ७८२ पटक

    काठमाडौँ – पश्चिम नवलपरासीको बर्दघाट-४ का थानेश्वर कंडेल र राजेश कंडेल दाजुभाईले दैनिक ३ सय ५० लिटर भन्दा बढी लिटर दुध बेचेर आम्दानी गर्दै आएका छन। यि दाजुभाई एउटै आमाबाबुका सन्तान भने होईनन्, भाईभाईका सन्तान हुन। थानेश्वर यूएईबाट फर्किएका हुन भने, राजेश कुवेतबाट फर्किएर यो पेशामा लागेका हुन।

    उनिहरुको गोठमा अहिले ३२ माउ भैसीसहित ५० वटा सानाठुला भैसी छन। कंडेल दाजुभाईले मासिक ८ लाख रुपैया बढिको दुध बिक्री गर्ने गर्दछन। फार्ममा ६ जना कामदारलेसमेत रोजगार पाएका छन्। उनीहरू कहाँ गोठबाटै दैनिक ३० देखि ३२ हजारको दुध बिक्री हुन्छ।

    फर्म संचालक राजेश कंडेलका अनुसार मासिक रुपमा दाना र परालमा ३ लाख बढी खर्च हुन्छ। पारिश्रमिक र बैक ब्याजलगायतको खर्च हुन्छ र भैसी थप पनि गर्दै आएका छौ, राजेशले भने। सधै एकैनाशको आम्दानी नहुने भएकोले बार्षिक कति हुन्छ भन्न सकिन्न। गोठमा दुध लिन बिहान उपभोक्ताहरुको लाइन लाग्ने गर्दछ। डेरीमा अझसम्म दुध बेच्नु नपरेको उनी बताउछन।

    नगरपालिकाले घाँसका बिउ र केही सामान सहयोग गरेको बताए। अनुदान पाए अझ धेरै गर्न सक्थ्यौ, कंडेलले भने। गरे जस्तै पनि भएको छ, उत्साही छौ। सरकारी अनुदानका ठूला कार्यक्रम आफू कहाँ नआएको उनको भनाई छ। गोठबाटै प्रतिलिटर रु ८० मा दुध बिक्री हुने गरेको छ। कंडेल दाजुभाईको निकै राम्रो मेहनत रहेको छिमेकी रूपेनबिक्रम हमालले बताए।

    बर्दघाट नगरमा ७ हजार लिटर दुध उत्पादन हुन्छ। नगर दुधमा आत्मनिर्भर हुने अवस्थामा छ। नगरप्रमुख धीरज शर्मा बस्यालले नगरले कृषकमुखी योजना ल्याएको बताए। कृषिबाटै नगरको समृद्धि हुने भएकोले कृषकका योजना प्राथमिकतामा राखेको नगरप्रमुख बस्यालको भनाई छ।

    नगरपालिकाले सिजन अनुसार घाँसका बिउ, गोठ सुधार तथा पशुमा उन्नत नश्लको सिमोन, थुनेलो रोकथाम र बिभिन्न भ्याक्सिनका कार्यक्रम गर्दै आएको छ। पशुपन्छी विकास शाखा प्रमुख भरत लम्साल भने। प्राबिधिक परामर्श पनि दिएकै छौ। यहाँ भएका कार्यक्रम हामीले दिएका छौ। हालसम्म नगरमा १ सय ४२ वटा गाई र भैसीका फार्म रहेका छन्।

    प्रतिकृया दिनुहोस्

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।  यता हवाई...

    आज बैशाख-१९ गते बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १९ गते बुधबार इश्वी सन २०२४ मे १...

    कागबेनीमा विद्यार्थी सवार बस दुर्घटनामा २१ जना घाइते

    म्याग्दी। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा पर्ने मुक्तिनाथ सडकखण्डको सेल्फिडाँडामुनि घुम्तीमा बस सडकमा पल्टिँदा २१...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal