आज : २०२६-०७-२७, सोमबार

दलिए ब्यबस्था खतरामा पर्नसक्ने

दलिए ब्यबस्थाका लागि आजिवन लडेको पार्टी नेपाली कांग्रेस चौइटिदै तिन टुक्रा हुने अवस्थामा पुगेको देखिन्छ। दुई टुक्रा निस्चित अबस्थामा देखिन्छ भने, अर्को सुनिश्चित भएको देखिदैन। सिंगो कांग्रेस नै एउटा मध्यमार्गी प्रजातान्त्रिक पार्टी भएको, जस्का संस्थापक नेता विपी कोइराला भएकाले नेता शेखर कोइराला अर्को पार्टी खोल्ने पक्षमा देखिदैनन्। उनी पार्टी मिल्नै पर्छ र मिलाउने पक्षमा मध्ये मार्गि भूमिका खेल्दैछन्। जो विपीको मेलमिलापको मार्ग हो। उनलाई पार्टी फुटेको अबस्थामा “रुख” आफुहरुसंग नरहे “रुख ” बिनाको कांग्रेस नेता शेखर कोइराला कल्पना गर्न नसक्ने देखिन्छन्। मिलाउन सजिलो अबस्था पनि देखिरहेका छैनन्। कारण दुबैतिर अतिबादी स्वार्थी तत्वहरुको बोलावाला छ।

“नेपाली कंग्रेस बैचारिक मतभिन्नताले फुटेको होईन स्वार्थ र विदेशी पृष्ठपोषकहरुको गोटि भएका कारण फुटेको हो। जुन तत्वले फुटाएको छ, त्यस्ले कांग्रेसलाई मिल्न दिने स्थिति देखिदैन।”

नेपाली कंग्रेस बैचारिक मतभिन्नताले फुटेको होईन स्वार्थ र विदेशी पृष्ठपोषकहरुको गोटि भएका कारण फुटेको हो। जुन तत्वले फुटाएको छ, त्यस्ले कांग्रेसलाई मिल्न दिने स्थिति देखिदैन। यो भू-भागबाट विदेशीहरुलाई धेरै कुरा लिनु छ। त्यस्को ज्वलन्त उदाहरण जेन्जी आन्दोलन, त्यसबाट रचिएको निर्वाचन, बनेको सरकार, सरकारका गैरजिम्मेवार कार्य, जस्तो:- दलाई लामाका अनुयायीहरुको सरकारी स्वागत, बौद्ध गुम्बामा भएको ११ दिनसम्मको अनुष्ठान, त्यसपछिको प्रधानमन्त्रीको सपथग्रहण, दलाई लामाको जन्मदिन मनाउन दिने सरकारी निर्णय यो नेपालको लागि शुभ संकेत होईनन्।

“विपी कोइरालाले अमेरिकन जुत्ता लगाएका थिए कि थिएनन् ? विपीको अधिकांस समय भारतमै निर्बासनमा बितेको हुनाले बरु उनले “मेडि ईन भारत” जुत्ता लगाए होलान्। जुन जुत्ता सभापतिको गोडामा फिट हुन्छ कि हुँदैन ? किनकी विपी गान्धी बादी थिए।”

बिशेष महाधिबेसनबाट आएका कांग्रेस सभापति गगन थापा भन्छन्। “मैले विपी कोइरालाको जुत्ता लगाएको छु।” यहांनिर सोध्न मनलाग्छ, विपी कोइरालाले अमेरिकन जुत्ता लगाएका थिए कि थिएनन् ? विपीको अधिकांस समय भारतमै निर्बासनमा बितेको हुनाले बरु उनले “मेडि ईन भारत” जुत्ता लगाए होलान्। जुन जुत्ता सभापतिको गोडामा फिट हुन्छ कि हुँदैन ? किनकी विपी गान्धी बादी थिए। आजकल धेरै बिश्लेषक केही बुद्धिजिवीहरु विपी कोइरालाको राष्ट्बाद प्रति नकारात्मक बिश्लेषण गरेर आफ्नो बौद्धिकता खर्च गरिरहेको देखिन्छ। विपी पनि परराष्ट्र मामिलामा चुकेकै हुन भन्ने पनि छन्। होला उनिमा पनि केही कमी कमजोरि छदै थिएनन् भन्ने होईन। विपीमा कोसैलाई पनि छिटै विश्वास गर्ने कमजोरी पनि थियो रे। त्यसैले १७ सालको केही पूर्व सुवर्ण सम्शेर राणा, दिल्ली रमण रेग्मी र डाएमणन शम्शेर राणाले दिएका संकेतलाई नजर अन्दाज गरे। राजा महेन्द्रप्रति उनको पूर्ण विश्वास थियो। राष्ट्रवादप्रति उनको गहिरो चिन्तन थियो। त्यसैको जोलन्त उदाहरण हो “राष्ट्रिय मेलमिलापको भावना।” साहित्यमा उनी अराजक थिए भने राजनीतिमा ईमान्दार। देशको अस्तित्वको प्रमुख स्थान के हो भन्ने कुरामा विपी प्रष्ट थिए। पृथ्वीनारायण शाहको एकीकरणको जग “पृथ्वीपथ” त्यस्को धरोहर “मात्र राजसंस्था सहितको प्रजातन्त्र हो” भन्नेमा विपी दुविधामा थिएनन्। त्यहि कुरालाई आजको कांग्रेसले बिर्सिएको छ। जस्का कारण कांग्रेस आफै दुर्घटनामा परेको छ।

“बर्तमान सरकारप्रति जनताले जति आसा, भरोसा गरेका थिएँ । दिन-प्रतिदिनका घटना क्रमले ” यूवा गोल्डेन ” सरकार बदनाम हुदै गएको देखिन्छ। मन्त्रीपरिषदका निर्णय, अर्थ मन्त्रीको बजेट, करका कुरा प्रधानमन्त्रीबाट बदर हुनु, अपरिपक्वताको नमुना हो।”

त्यसैले राष्ट्रिय राजनीतिमा “कोर्ष करेक्सन” हुन जरुरी छ। कोर्ष करेक्सन नभैकन देश सुरक्षित रहन सक्ने सम्भावना छैन। बर्तमान सरकारप्रति जनताले जति आसा, भरोसा गरेका थिएँ । दिन-प्रतिदिनका घटना क्रमले ” यूवा गोल्डेन ” सरकार बदनाम हुदै गएको देखिन्छ। मन्त्रीपरिषदका निर्णय, अर्थ मन्त्रीको बजेट, करका कुरा प्रधानमन्त्रीबाट बदर हुनु, अपरिपक्वताको नमुना हो। त्यस्तै राजस्वपाका सभापतिको भारत, चिन भ्रमण त्यो केवल पार्टिलाई अन्तर्राष्ट्रिय समर्थन जुटाउने खेल मात्र भएको छ। राष्ट्रिय समस्याहरुमा सरकार र सरकार निर्माण गर्ने पार्टि अनभिज्ञ हचुवाको भरमा चलेको देखिन्छ। यसले देशको अर्थतन्त्र देखि राजनीतिको भबिष्य अन्यौल हुदै गएको छ।

पुराना दलहरुलाई विदेशीहरुले आफ्नो प्रभावमा पारेर राष्ट्रिय हित बिपरित काम गर्न लगाएका थिए भने जेन्जी आन्दोलन पछि त राज्यको सम्पूर्ण संयन्त्रनै विदेशी जासुसहरुले कब्जामा लिएको देखिन्छ। यो कुरा प्रधानमन्त्रीले बुझ्न सक्छन् कि सक्दैनन् ? या त्यसै अनुरूप काम भैरहेको छ ? घटना क्रमले त्यही बुझाउँछ।
यदि यहि अबस्था रहने हो भने दलिए ब्यबस्था नै बिस्थापितको मार्गमा छैन भन्न सकिन्न।‌ पुराना स्थापित पार्टिहरुको बेलैमा होस खुलोस अन्यथा नेपालले श्रीलंका र बाग्ला देशको हालत त ब्यहोरि सक्यो अब यूक्रेनको हालत छिटै निम्त्याउदैन भन्न सकिन्न। श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन। जय नेपाल।